Author: admin
काठमाण्डौ । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ। पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको खबर आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले खबर लेखेका छन्। त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता देखाउनु पर्नेछ।
काठमाण्डौ । प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीमा लेटरग्रेडिङ प्रणाली लागू गरिए पनि परिणाम उल्टो आएको छ। कमजोर ग्रेडिङ भए पनि कक्षा ११ मा भर्ना पाएका विद्यार्थीले शिक्षाशास्त्रतर्फ भीड बढाएका थिए। अघिल्ला वर्षहरूमा शिक्षाशास्त्रमा जेनतेन एउटा कक्षा चलाउने शैक्षिक संस्थाहरूले अहिले धमाधम सेक्सन थपेका छन्। त्यति मात्र होइन, अघिल्ला वर्ष शिक्षाशास्त्रको कार्यक्रम सञ्चालन नगरेकाले पनि यसपालि सुरु गरेका छन्। यसअघिका वर्षहरूमा देशभरमा शिक्षाशास्त्र पढ्ने विद्यार्थीको संख्या धेरै भए पनि उपत्यकामा विद्यार्थी नपाएपछि शिक्षा र मानविकी पढाउने संस्था घट्दै गएका थिए, अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ। एकदमै कमजोर नतिजा भएकाहरूले समेत प्रवेश पाएपछि उपत्यकाका समेत शिक्षाशास्त्रमा भीड बढेको हो। ०७२…
काठमाण्डौ । उपदान रोज्ने मनःस्थिति बनाइसकेका अस्थायी शिक्षकले अवकाशका लागि अहिले नै निवेदन दिनसक्ने शिक्षा मन्त्रालयले प्रस्ट गरेको छ। शिक्षा मन्त्रालय र युनिसेफले पत्रकारका लागि आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नयाँ शिक्षक विज्ञापनको दरखास्त दिनु अन्तिम मितिसम्म प्रतिस्पर्धामा जाने वा उपदान सुविधा लिई छाड्ने भन्नेबारेमा स्वेच्छाले घोषणा गर्न सकिने बताएको खबर आजको गोरखापत्रमा छापिएको छ। ‘उपदान रोज्न चाहने शिक्षक निवेदन बोकेर शिक्षा मन्त्रालयमा आउन थाल्नुभएको छ, उपदान नै लिएर बस्छु भन्ने निर्णय गरिसक्नुभएका शिक्षकले शिक्षक नियुक्तिको नयाँ विज्ञापनसम्म प्रतीक्षा गरिरहनु पर्दैन,’ उनले भने। उनले तत्काल जागिर छाड्न चाहने त्यस्ता शिक्षकलाई निवेदन दिएलगत्तै उपदान रकम…
काठमाण्डौ । नेकपा (एमाले)ले संविधान संशोधन नेपालको आन्तरिक विषय भए पनि विदेशी भूमिमा गएर त्यस विषयमा छलफल गरिनु आपत्तिजनक भएको निष्कर्ष निकालेको छ। ‘आन्तरिक विषयलाई बाहिर लैजानु अवाञ्छित बाह्य चासो निम्त्याउने त्रुटिपूर्ण काम हो’, पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोख्रेलले भने, आजको गोरखापत्रमा खबर छापिएको छ। नेपालीले आफैँ केही गर्न सक्दैनन् भन्नेतर्फ सरकारको गतिविधि उन्मुख भएको आरोप एमालेले लगाएको छ। ‘संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो, यहाँका राजनीतिक दलहरूले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ’ भन्दै नेता पोख्रेलले सरकारले ल्याउने आगामी संशोधनको प्रस्तावलाई हेरेर पार्टीको तर्फबाट सहयोग गर्ने नगर्ने निर्णय लिने बताए। सरकारले पूर्णता नपाउँदै,…
काठमाण्डौ । कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। ठूला कम्पनीले कामदार कटौती गर्न थालेपछि वैदेशिक रोजगारमा गएका नेपाली बिचल्लीमा परेका छन्। संकट गहिरिएपछि साउदी अरेबियाले विदेशी कामदार भित्र्याउन थप कडाइको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। गत वर्ष नेपालबाट एक लाख ३८ हजार कामदार साउदी अरेबिया गएका थिए । यो संख्या नेपालबाट रोजगारीका लागि बिदेसिनेको एकतिहाइ भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए। वर्षेनी बिदेसिनेको संख्या बढे पनि अरब मुलुकको संकटले कामदारलाई र त्यसले नेपालको गाउँसम्म असर पर्ने थापाको भनाइ छ…
काठमाण्डौ । भागबन्डा नमिल्दा कांग्रेसले बुधबार पनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न सकेन। सभापति शेरबहादुर देउवाले बुधबार मन्त्रीको टुंगो लगाउने बताएका थिए । तर, नेता रामचन्द्र पौडेल पक्षले मागेजति भाग नपाएको भन्दै नाम नदिएपछि टुंगो लाग्न नसकेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। पार्टीको भागमा परेका १३ मध्ये पाँच मन्त्री र चार राज्यमन्त्री आफूले पाउनुपर्ने पौडेल पक्षले माग गरेको छ। तर, सभापति देउवाले चार मन्त्री र दुई राज्यमन्त्री मात्र दिने भनेपछि सहमति हुन सकेको छैन। देउवाले मंगलबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पौडलनिवास बोहराटार पठाएका थिए। ‘मंगलबार साँझ चार मन्त्री र दुई राज्यमन्त्री दिने प्रस्ताव लिएर उपप्रधानमन्त्री…
काठमाण्डौ । लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको समूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेको खबर आजको कान्तिपुरमा कृष्ण आचार्यले लेखेका छन्। दाहालले सबै अधिकारीको धारणा बुझे पनि कुनै पनि निकायलाई केही निर्देशन दिएका छैनन्। ‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गतसाता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने। ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपाल, राजश्व सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सह-सचिवहरू र राष्ट्र बैंकका अन्य अधिकारीहरू सहभागी थिए।…
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयहरुले तयार पारेको कार्ययोजना जनअपेक्षाअनुरूप नभएको भन्दै फिर्ता गरेका छन्। शपथ लिएको तेस्रो दिन साउन २३ मा प्रधानमन्त्री दाहालले सबै मन्त्रालयका सचिवलाई जनअपेक्षा सम्बोधन गर्ने गरी कार्ययोजना ल्याउन निर्देशन दिएअनुसार क्षेत्रीय प्रशासन कार्यालय, विभिन्न विभाग र मन्त्रालयसहित ५८ वटा निकायले कार्ययोजना बुझाएका थिए। तर, ती कार्ययोजनामा आम नागरिकलाई छुने गरी लोकप्रिय कार्यक्रम नभएको भन्दै प्रधानमन्त्री दाहालले सचिवहरूप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री दाहालको असन्तुष्टिपछि मन्त्रालयहरूले कार्ययोजना पुनर्लेखन गर्नुपर्ने भएको खबर आजको कान्तिपुरमा छापिएको छ। ‘सरकारको प्रभावकारी उपस्थिति देखिने गरी थोरै र राम्रो कार्यक्रम ल्याउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो,’ प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले…
हालैका केहि विनाशकारी भूकम्प २५ अप्रिल २०१५: नेपालमा ७ दशमलब ८ म्यानिच्युडको भूकम्पले ८ हजारभन्दा बढी मानिसको ज्यान लियो भने लाखौं घरबारविहीन भए। त्यो, सन् १९३४ पछि नेपालले भोगेको सबैभन्दा खराब प्राकृतिक विपत्ति थियो। देशका केही भागमा भूकम्पले पहाडी गाउँहरुका ९८ प्रतिशत घरहरु ध्वस्त पारिदिएको थियो। ३ अगस्ट २०१४: चीनको युनान प्रान्तमा ६ दशमलब १ म्याग्निच्युडको भूकम्पमा करिब ६ सय जनाको ज्यान गयो। हजारौं घरहरु नष्ट भए र पहिरोसमेत गयो। २४ सयभन्दा बढी मानिस घाइते भए। १५ अक्टोबर २०१३: फिलिपिन्सको बोहोल र सेबुमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्पमा २ सयजना भन्दा बढी मानिसको ज्यान गएको विवरणहरु आएका थिए। २५ सेप्टेम्बर…
विर्तामोड । म्यान्मारमा शक्तिशाली भूकम्प गएको छ । मध्य म्यान्मारमा केन्द्रबिन्दु भएर ६ दशमलव ८ रेक्टरको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पको झट्का नेपालको पूर्वी भागमा समेत महसुस गरिएको छ ।