Author: admin
काठमाडौं । कांग्रेसबाट थप १३ जना मन्त्रीले शुक्रबार शपथ लिएका छन् । शितल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ खुवाएकी हुन् । कांग्रेसका पुरुष मन्त्रीले दौरा सुरुवाल र ढाका टोपीमा तथा सीतादेवी यादवले सारी र चोलोमा शपथ लिएका हुन् । कांग्रेसबाट सीतादेवी यादवले शान्ति तथा पुनर्निर्माण, बालकृष्ण खाणले रक्षा, अर्जुननरसिंह केसीले सहरी विकास, डा. प्रकाशशरण महतले परराष्ट्र, सूर्यमान गुरुङले श्रम तथा रोजगार, जीवनबहादुर शाहीले पर्यटन, रोमी गौचन थकालीले वाणिज्य, हृदयराम थानीले सहकारी तथा गरिबी, दिपक गिरीले सिंचाई, गगनकुमार थापाले स्वास्थ्य, नविन्द्रराज जोशीले उद्योग, शंकर भण्डारीले वन र केशव कुमार बुढाथोकीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।…
चितवन । नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । २० जनाको घटनास्थमै र एक जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । दुघर्टनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । घाइते भएका १६ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । घाइते दुई वर्षिया एक बालिकाको मुग्लिनमा तथा ९ जनाको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा र २ जनाको भरतपुरमै रहेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते ११ जनाको नाम खुलेको छ । घाइतेहुनेहरुमा सोयाता गुप्ता, मिली शाह, प्रिन्स शाह, अविनाश चौधरी,…
चितवन । गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा रहेका एसपी बसन्त कुँवरका अनुसार २० जनाको शव बाहिर निकालिएको छ। १२-१३ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ। प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन। मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो। स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले…
दाङ । तुलसीपुर–३, गणेशपुरकी सरस्वती नेपालीको आम्दानी धेरै छैन। मजदुरी गरेर आएको दुई–चार पैसाले परिवार धान्नै मुस्किल छ। तैपनि उनी हरेक महिना आफ्नो आम्दानीको दशांश दानमा खर्चिन्छिन्। चाहे त्यसका लागि गाँसै कटाउन किन नपरोस्? २०६४ सालमा इसाई धर्म अँगालेयता यो क्रम निरन्तर छ। ‘प्रभु’ लाई आफ्नो आम्दानी दिए मुक्ति मिल्ने विश्वास पालेकी सरस्वती आफूलाई सच्चा अनुयायी साबित गर्न कुनै कसर बाँकी राख्दिनन्। त्यति बेला उनी मानसिक रूपले बिरामी थिइन्। परिवारले चर्च पुर्याए। निको पनि भइन्। प्रभुले नै आफूलाई निको पारेको ठान्छिन् सरस्वती। र, त्यसयता निःस्वार्थ भावनाले त्यो ‘ऋण’ तिरिरहेकी छन्। आजको नागरिक दैनिकमा खबर छापिएको छ। ‘प्रभुको नाममा दशांश बुझाउनैपर्छ,…
काठमाण्डौ । पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ०७१ वैशाखमा ‘अक्षरको खेती’ निबन्ध कृति लेखे। छाप्नुअघि भाषाका त्रुटि हटाउन र लेखनमा मिठास भर्न उनले पाण्डुलिपि सम्पादकलाई दिए। पाण्डुलिपि जब सम्पादन भएर आयो, उनी छाँगाबाट खसेझैं भए। सम्पादित कृतिमा उनले लेखेका वाक्य त एउटै सद्दे रहेनछन्, सम्पादकले धेरै शब्दका खुट्टा काटिदिएछन्। धेरै अक्षरका दाहिना–बाइमात्रा उल्ट्याइदिएछन्। विद्यालयको ठाउँमा विद्यालय, बुद्धको सट्टा बुद्ध, राष्ट्रियको सट्टा रास्ट्रिय। दीर्घ हुनुपर्ने शब्द ह्रस्व, ह्रस्व हुनुपर्ने दीर्घ। शर्माले सम्पादकलाई सोधे, ‘यो कस्तो भाषा हो? यस्तै हो त सम्पादन?’ आजको नागरिकमा खबर छापिएको छ। भाषा ‘बिगार्ने’ सम्पादकले तुरुन्तै जवाफ दिए, ‘भाषामा विवाद छ, अहिले यस्तै प्रयोग गर्ने निर्णय भएको छ।’ सम्पादकको…
काठमाण्डाै, भदाै १० । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा आफू अत्यन्त दुखि भएको बताएका छन्। ट्विटरमार्फत प्रधानमन्त्री दाहालले घटनामा घाइते भएकाको उद्धार, खोजी र उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशन दिएका छन्।
काठमाण्डौ । औषधि बनाउन प्रयोग हुने सहायक रसायन स्युडोफ्रिडिन नेपाल भित्र्याएर लागुऔषधका तस्करलाई बिक्री गरेको अभियोगमा अनुसन्धान दायरामा तानिएका आर्य फर्मा ल्यावका सञ्चालकले औषधि निर्माण गरी विक्रि गरेको झुठो विवरण भेटिएको छ । नेपालमा स्युडोफ्रिडिन मगाएर एमफेटामाइन बनाउन भारत हुँदै बर्मा र चीन पुर्याउने गरेको आरोपमा लागू औषध नियन्त्रण ब्युरोले आर्य फर्माका सञ्चालक रतनलाल संघाई र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ खबर आजको कान्तिपुरमा छापिएको छ। अनुसन्धानका क्रममा आर्यले नेपाल भित्र्याएको स्युडोफ्रिडिन औषधि बनाउन प्रयोग गरेको विवरण ब्युरोमा पेश गरेको थियो। उनीहरुले धरान, काठमाडौं, नेपालगञ्ज, धनगढीका औषधि विक्रेताको सूची देखाएका थिए । ब्युरोका एसएसपी गणेश केसीका अनुसार उनीहरुले औषधि…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ-काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ। माओवादी केन्द्रभित्र गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री दाहाललाई त्यस्तो निर्देशन दिएका खबर आजको अन्नपूर्णमा रेवती सापकोटाले लेखेका छन्। राष्ट्रियताको मामिलामा भारसँग नचुक्न माओवादी नेताहरुले खबरदारी गरेपछि प्रधानमन्त्रीले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिवद्धता व्यक्त गरेका थिए। पार्टीका नेताहरुको निर्देशनपछि दाहालले आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा राजनीतिक र संवैधानिक विषय नरहेको प्रस्ट पार्दै आफ्नो भारत भ्रमणका क्रममा पनि आफू सतर्क रहने प्रतिवद्धता…
काठमाडौं । सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथि कारबाही प्रक्रिया सुरु भएको छ। सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीले झन्डै ६ महिनाको गृहकार्यपछि अहिलेसम्म भगौडा २३ जना कर्मचारीको विवरण पत्ता लगाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। विदेशमै बेपत्ता हुने कर्मचारीमाथि निजामती सेवा ऐनअनुसार बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम असुलउपर गर्ने गरी कारबाही प्रक्रिया थालिएको हो । सरकारी कोटाबाट अध्ययन बिदामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, मलेसिया, बेलायतलगायतका देशमा गएका कर्मचारी उतै बेपत्ता भएका हुन्। विभिन्न मन्त्रालयमातहत रहेर विदेश गएका अन्य कर्मचारीबारे खोजी क्रम जारी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारी पाउनुभन्दा त्यसअनुरुप अघि बढ्नु गाह्रो रहेको बताएका छन्। राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार आयोजित नेपाल विद्यार्थी संघको पद हस्तान्तरण कार्यक्रममा सभापति देउवाले पार्टी चलाउन गाह्रो भएको बताएको खबर आजको कारोबार दैनिकमा छापिएको छ। ‘सभापति हुन सजिलो छ। घाँटीमा माला भिर्न सजिलो छ,’ मन्त्री चयनलाई लिएर पार्टीमा भएको विवादतर्फ लक्ष्य गर्दै उनले भने, ‘तर, सबैलाई मिलाएर पार्टी चलाउन गाह्रो छ। रामचन्द्रजीलाई फकाउँदा–फकाउँदा मेरै हालत खराब भइसक्यो।’ मन्त्री पद भए पनि आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ थियो।