Author: admin

​ भदाै १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन्। सरकारलाई समर्थन भने १६ दलले गरेका छन्। प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका संघीय गठबन्धनमा आबद्ध मधेसी दलले सरकारमा तत्कालै नजाने बताएका छन्। आजको नयाँ पत्रिकामा खबर छापिएको छ। फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहितका मन्त्रालय नपाएपछि सरकारबाहिरै छ। साना मन्त्रालय मात्र प्रधानमन्त्रीसँग रहेका कारण ती मन्त्रालयमा फोरम लोकतान्त्रिक जाने सम्भावना कम छ। उपप्रधानमन्त्री पाए सरकारमा जाने पक्षमा अध्यक्ष विजयकुमार गच्छदार थिए। तर, फोरमकै अर्का नेता जितेन्द्र देवले आफ्नो नेतृत्वमा सरकारमा जान पार्टीमा लबिङ गरिरहेका थिए । उनलाई नेता रामेश्वर रायको पनि साथ छ । उनीहरू…

Read More

भदाै १६ । मानवअधिकारको संरक्षण र संवर्द्धन गरी पीडितलाई न्याय दिलाउन गठित राष्ट्रिय मानवअधिकार आयोगमा महँगा विदेशी कर्मचारी भित्रिएका छन्। अस्वाभाविक तलबसुविधा पाउने गरी दातृ निकायको तजबिजीमा यसरी कर्मचारी प्रवेश भएपछि आयोगभित्रै असन्तुष्टि बढेको खबर आजको अन्नपूर्णमा छापिएको छ। मानवअधिकारका नाममा आउने ठूलो धनराशिको हिस्सा तिनै कर्मचारीका नाममा खर्च हुने भएपछि पदाधिकारीबीचमै असन्तुष्टि बढेको छ। आयोग स्रोतका अनुसार कर्मचारीको स्तरबृद्धिका लागि भरखरै डेनमार्क र स्विटजरल्याण्डले करिब १० करोड रुपैयाँ सहयोग गरेका छन्। पहिलो चरणमा १८ महिना सञ्चालन हुने यो प्रोजेक्टका लागि उक्त रकम सहयोगस्वरुप प्राप्त भएको हो। रकम युएनडीपीमार्फत आयोगमा भित्रिएको छ। उक्त प्रोजेक्टमा मासिक तलब २१ सय डलर भुक्तान…

Read More

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए। ४० जनाको नतिजा भने स्थगित गरिएको छ । परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३…

Read More

काठमाडौं । सुदुरपश्चिम प्रदेश नम्बर ७को शैक्षिक विकासका लागि थप ६ वटा आङिगक क्याम्पस निर्माण गर्ने निर्णय भएको छ । सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा वालुवाटारमा बसेको सुदुरपश्चिम विश्वविद्यालयको पाँचौ साधारणसभामाले ६ वटा आंगिक क्याम्पस थप गर्ने निर्णय गरेको हो । जसमा भानु बहुमुखी क्याम्पस, दोधारा कन्चनपुर,अछाम बहुमुखि क्याम्पस मंगलशैन अछाम, लक्की बहुमखि क्याम्पस बिपि नगर डोटि, शंकरपुर क्याम्पस पस्ति दार्चुला, घोडाघोडि बहुमुखि क्याम्पस सुखड कैलाली गरि छ क्याम्पस रहेका छन् । विश्वविद्यालयको दोस्रो साधरण सभाबाट हरेक वर्ष सुदुरपश्चिममान्चल क्षेत्रका कम्तिमा दुइवटा सामुदायिक क्याम्पसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा स्थापना गर्ने प्रस्ताव पारित भएक अनुरुप सुदुरपश्चिम…

Read More

भद्रपुर । प्रधानन्यायधीश सुशीला कार्कीले बुधबार झापा जिल्ला अदालतको निरीक्षण गरेकी छिन् । पूर्वको दौडाहामा रहेकी प्रधानन्यायधीश कार्कीले झापा जिल्ला अदालतका न्यायधीशहरु, कर्मचारी तथा कानुन व्यवसायीसंग छुट्टै छलफल गरिन् । प्रधानन्यायधीश कार्कीले जनतालाई छिटो न्याय दिलाउन आफू लागि परेको बताइन् । नेपाल बार एसोसिएसन झापा शाखाले स्वागत गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायधीश कार्कीले अदालतका तर्फबाट कानुन व्यवसायीहरुलाई दिइने सहयोग नघटाउने बताइन् । उनले भनिन्, ‘न्यायालय जहिले पनि न्याय सम्पादन छिटो होस भन्ने चाहन्छ । त्यस्का लागि तपाईंहरुलाई कुन प्रकारको सहयोग चाहिन्छ अदालतमा भन्नुहोला ।’ प्रधानन्यायधीश कार्कीले अदालतहरुमा सूचना प्रविधिको विकासका निमित्त काम भइरहेको पनि बताइन् । सोही अनुरुप झापा जिल्ला अदालतमा…

Read More

​ काठमाडौँ,भदाै १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा रहेको ९२७ इलाकालाई नै गाउँपालिका र नगरपालिका बनाउन प्रस्ताव गरेका छन्। स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल सहितका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले दलहरुले अव्यवहारिक भयो भन्दै आवाज उठाएको उल्लेख गर्दै संख्या बढाउन आग्रह गरेका हुन्। आयोगले गाउँपालिका र नगरपालिका गरी ५ सय ६५ वटा स्थानीय तह रहने प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो जसमा दलहरुले असन्तुष्टि जनाउँदै आएका छन्।

Read More

​ बनेपा, भदौ १५ । स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सकारको पहिलो राष्ट्रिय प्राथमिकता निर्वाचन नै भएको बताएका छन् । अरनिको यातायात समितिको ४५ औँं साधरणसभामा उनले संविधान निर्माणमा सबै राजनीतिक दल एकत्रित भएझै जस्तै संविधान कार्यान्वयनका लागि पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मन्त्री थापाले भने –“स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संसद्को निर्वाचन निर्धारित समयमा नभए हामी सबै पराजित हुन्छौ । ” उनले मधेसमा काँग्रेस, एमाले र माओवादीका नेता नै निर्वाचित भएर आएकाले मधेसको विषयमा भ्रम नछर्न मधेसी नेतालाई आग्रह गर्दै स्वास्थ्यको क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने आश्वासन दिए ।

Read More

​ काठमाडौँ,भदाै १५ । जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालयमा आज आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित…

Read More

इलाम,भदौ १५ । एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले १६ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले अभियुक्तलाई मङ्गलबार सो सजाय सुनाएको हो । बालिकालाई पटक–पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ ९२० र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२०) बमोजिम आठ वर्ष कैदको सजाय सुनाएको छ भने सोही मुद्दामाथि सुनुवाइ गर्दै इजलासले सोही महलको ३ (क) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २…

Read More

​काठमाडौं, भदाै १५ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको हो । जसअन्तर्गत महिला तर्फ १५, आदिवासी जनजाति तर्फ २२, मधेसीमा १९, दलिततर्फ १० र पिछडिएको क्षेत्र अन्तर्गत ३ पद तथा खुल्ला तर्फ ८३ पदका लागि विज्ञापन खोलिएको छ । सेनाले वेभ साइटबाट अनलाइन दरखास्त भर्न सकिने जनाएको छ । आवेदनका लागि जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायलमा तोकिएको छ ।

Read More