
बनेपा, भदौ १५ । स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सकारको पहिलो राष्ट्रिय प्राथमिकता निर्वाचन नै भएको बताएका छन् ।
अरनिको यातायात समितिको ४५ औँं साधरणसभामा उनले संविधान निर्माणमा सबै राजनीतिक दल एकत्रित भएझै जस्तै संविधान कार्यान्वयनका लागि पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मन्त्री थापाले भने –“स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संसद्को निर्वाचन निर्धारित समयमा नभए हामी सबै पराजित हुन्छौ । ”
उनले मधेसमा काँग्रेस, एमाले र माओवादीका नेता नै निर्वाचित भएर आएकाले मधेसको विषयमा भ्रम नछर्न मधेसी नेतालाई आग्रह गर्दै स्वास्थ्यको क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने आश्वासन दिए ।
Facebook Comments Box