Author: admin
काठमाडौं । मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वामा ढोगी तानित्रकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ । स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहको पाइएको हो । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई त्रफाउ गरी अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन् ।
काठमाडौं । भूकम्प र नाकाबन्दी कारण उत्पन्न समस्याले समयमै काम गर्न नपाएको भन्दै मेलम्ची खानेपानी विकास समितिले ठेकेदारलाई आतिरिक्त ६ महिनाको सुविधा प्रदान गरेको छ । आयोजनाको मुख्य सुरुङ निर्माण गरिरहेको ठेकेदार सो अवधिको क्षतिपूर्ति स्वरुप एकमुष्ठ १८२ दिनको समय थप गरिएको छ । भूकम्प र नाकाबन्दीका कारण मेलम्चीको काम झन्डै १० महिनासम्म रोकिएका थियो । यस अवधिमा ठेकेदारले काम गर्न नपाएको भन्दै म्याद थप गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए । उनका अनुसार समिति र ठेकेदारबीच १ हजार ९५ दिभित्र मेलम्ची सुरुङ खनिसक्ने सम्झौता भएको थिया । सम्झौता अवधि असोज १५ बाट समाप्त हुँदैछ । आजको कारोबार…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि नेताले मुलुकको विकास र हितका लागि खतरा मोल्नुपर्ने बताएका छन् । उनले आफ्नो भारत भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम आउने दाबी गरेका छन् । नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सले शनिबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’ विषयक अन्तक्र्रियामा प्रधानमन्त्री दाहालले भ्रमण राष्ट्रिय हित र दुई देशीय सम्बन्धमा केन्द्रित हुने बताए । ‘मैले यसलाई पनि चुनौतीपूर्ण भए पनि अवसरका रूपमा लिएको छु । नेताले रिस्क लिएन हो भने मुलुक बन्दैन । त्यो छुट दिनुपर्छ । नेपाल–भारत सम्बन्धमा समस्या मात्र राख्ने होइन । समाधान पनि खोज्न जरुरी छ,’ प्रधानमन्त्री दाहालले भने,…
भदाै – २५ । उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र सात जना घाइते भएका छन् । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग.१ ज ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको छ, भने कास्की जिल्ला रिभान– ९ बस्ने ३० वर्षीया डिलकुमारी बुढाथोकी र सोही ठाउँ बस्ने ६० वर्षीया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी कास्की रिभान– ९ की…
भदाै – २५ । “विश्व आत्महत्या रोकथाम दिवस” शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनाइएकाे छ । द स्कुल अफ साइकोलोजी नेपाल र साइकडेस्क फाउण्डेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभाग, युवा सहकार्य नेपाल, रक्षा नेपाल र आइसिडिसी नेपाललगायत विभिन्न सङ्संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता थियो । हरेक वर्ष सेप्टेम्बर १० तारिख विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाउने गरिन्छ । त्रिचन्द्र कलेज मनोविज्ञान विभागका उपप्राध्यापक डा नरेन्द्रसिह ठगुन्नाले सबैभन्दा बढी आत्महत्या हुने विश्वका १० देशमध्ये नेपाल सातौँ रहेको उल्लेखगर्दै आत्महत्या रोकथामका लागि नेपालमा व्यापक जनचेचना जगाउनुपर्नेमा जाेड दिएका थिए । उनले नेपालमा हरेक दिन करिब एक दर्जन व्यक्तिले…
नयाँदिल्ली: भारतमा एक आमाले शिशु छोरीको विभत्स हत्या गरेको तथ्य बाहिर आएको छ । चार महिनाकी छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी धनाढ्य घरकी एक बुहारी नेहाले आफ्नो कर्तुत कबलु गरेकी हुन् । उनले चक्कुले ज्यान लिनुभन्दा सात दिनअघि आफूले छोरीलाई सिरानीले थिचेर ज्यान लिन खोजेको पनि स्वकारेकी छन् । सिरानीले थिचेर ज्यान लिन खोजिरहेका बेला घरमा केही आएपछि आफू त्यतिबेला छोरीको ज्यान लिन सफल नभएको बयान उनले दिएकी छन् । त्यो बेला नाबालक छोरीको घाँटी निलो भएपछि उनको परिवारले सातदिनसम्म अस्पतालमा राखेर उपचार गराएको थियो । ती नाबालिकालाई सात दिनको उपचारपछि २५ अगष्टमा अस्पतालले घर पठाएको थियो । समचार…
झापा । कन्काई नदीमा आएको बाढीले शिवसताक्षी–९ नम्बर वडाका दर्जनाै घरहरू उच्च जोखिममा परेका छन्। पूर्व–पश्चिम राजमार्गको कन्काई पुल उत्तर पश्चिमको एउटा सिङ्गो गाउँ बाढीको जोखिममा छ। त्यसमा पनि नदीकाे डिलमै रहेका त्यस वडाका ९ वटा घर उच्च जोखिममा परेका छन्। सो गाउमा ७२ घर रहेका छन्। शुक्रबार रातिदेखि परेकाे वर्षाले गर्दा माईखोलामा बाढी आएको थियो । बाढीले स्थानीय सरिता थापाको शौचालय बगाएको छ भने एकतले पक्की घर पनि चर्काएको छ। त्यस्तै टहलदास श्रेष्ठको चौपाया बाध्ने ग्वाली पनि बाढीले बगाएको छ। बाँधलाई बाढीले बगाउनेवित्तिकै त्यहाँका ७२ घर परिवारको उठिबास हुने स्थानिय प्रहरी चौकी माइधारले जनाएको छ। प्रहरीका अनुसार बाढीले…
चितवन। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा शनिबार बिहान ७ः१५ बजे बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । ट्रकका चालक बारा, गण्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल ल्याइएकामा उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक, सहचालक र यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक ठोकिँदा सो दुर्घटना भएको हो । ट्रकको अगाडिका दुवै…
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र परेका ३० नेपाली कामदारको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । चौकीदारका रुपमा ११ महिनाअघि काम गर्न दुबईको सारजहाँको एक कम्पनीमा गएका उनीहरूलाई चार महिनादेखि पारिश्रमिक नदिइएपछि बिचल्ली परेको खबर सार्वजनिक भएपछि उद्धार गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सचिवलाई पत्र लेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले अलपत्र परेका उनीहरूलाई छिटो उद्धार गरी नेपाल ल्याउन र त्यसको जानकारी कार्यालयलाई दिन निर्देशन दिएको छ ।
बंगलादेशको एक उद्योगमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । टोन्गी शहरमा रहेको एक उद्योगको भट्टी बिस्फोट हुँदा अरु ३० जना घाइते भएका छन् । विस्फोट भएका बेला उद्योगमा झण्डै एक सय जना कार्यरत थिए । बिस्फोट लगतै चार तले उद्योग भवनमा आगलागी भएको हो । बंगलादेशमा कमजोर उद्योग सुरक्षा प्रणालीका कारण आगलागी हुने गरेको छ । गएको वर्ष ढाकामा रहेको एक प्लाष्टिक उद्योगमा आगलागी हुँदा १३ जनाको ज्यान गएको थियो । सन् २०१३ मा ढाकामा रहेको एक व्यापारिक भवन भत्किँदा ११ सय ३५ जनाको ज्यान गएको थियो । यस्तै सन् २०१२ मा ढाकाको बाहिरी क्षेत्रमा रहेको उद्योगमा आगलागी…