नयाँदिल्ली: भारतमा एक आमाले शिशु छोरीको विभत्स हत्या गरेको तथ्य बाहिर आएको छ ।
चार महिनाकी छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी धनाढ्य घरकी एक बुहारी नेहाले आफ्नो कर्तुत कबलु गरेकी हुन् । उनले चक्कुले ज्यान लिनुभन्दा सात दिनअघि आफूले छोरीलाई सिरानीले थिचेर ज्यान लिन खोजेको पनि स्वकारेकी छन् ।
सिरानीले थिचेर ज्यान लिन खोजिरहेका बेला घरमा केही आएपछि आफू त्यतिबेला छोरीको ज्यान लिन सफल नभएको बयान उनले दिएकी छन् ।
त्यो बेला नाबालक छोरीको घाँटी निलो भएपछि उनको परिवारले सातदिनसम्म अस्पतालमा राखेर उपचार गराएको थियो । ती नाबालिकालाई सात दिनको उपचारपछि २५ अगष्टमा अस्पतालले घर पठाएको थियो ।
समचार अनुसार नेहालाई छोराको चहाना धेरै थियो । तर कयौं भाकल, पूजा र हवन गर्दा पनि छोरी नै जन्मिएपछि उनी यति क्रुर बनेकी हुन् ।
नेहाले छोरी अस्पतालबाट घर आएको भोलिपल्टै उनको घाँटीमा तीन पटकसम्म थिचेकी थिइन् । छोरीमाथि हानेको चक्कुमा लागेको रगत नेहाले उनकै गलामा पुछेकी थिइन्। उनले छोरीमाथि चक्कु हान्दा घाँटी र गर्दनमा १३ वटा भन्दा धेरै चोट लागेको रिपोर्ट डाक्टरले दिएका छन् ।
घटनापछि नेहाले चक्कु र आफ्नो हात बाथरूममा धोएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेहाले छोरीको शवलाई भने एसीमा हालेर लुकाएकी थिइन् । छोरीको शव एसीमा हालेपछि उनी बेडरुममा गएर ढुक्कले सुतेकी थिइन् ।
नेहा अहिले राजस्थान पुलिसको चार दिने हिरासतमा छिन् । पुलिसले छोरीको हत्यामा प्रयोग गरेको चक्कु पनि बरामद गरिसेको छ ।
आमाबाटै मारिएकी नाबालिकाका हजुरबा बाबुलाल गोयलले भने, ‘नेहाले यो क्रुर कदम किन उठाइन्? यसको उत्तर उनी आफैंले दिनेछिन्’ ।