Author: admin
काठमाडौं – दाताको सहयोगमा सरकारद्वारा सञ्चालित सुनौला हजार कार्यक्रममा ब्यापक भ्रस्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ । गर्भावस्थादेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्ला मध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता, सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको छ । लक्षित समुदायलाई फाइला पुर्याउनेभन्दा कर्मचारीले व्यक्तिगत लाभ लिएको, अनुदान हिनामिना गरेको र केन्द्रबाट पठाएको रकम जिल्ला नपुगेको सार्वजनिक भएपछि मन्त्रालयले गरेको छानबिनमा तराईका ५ जिल्लामा कर्मचारीबाट भ्रष्टाचार भएको भेटिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।
८ असोज, काठमाडौं । अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्अघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा छन् । राम्रेा काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका कारण उनले क्यानडामा हंगामा मच्चाएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । अर्वपति व्यापारी भएर पनि बाल यौनदुराचार मुद्दाका कारण उनी कुख्यात भएका थिए । जघन्य अपराधमा समेत क्यानडा अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि ठूलै विवाद गलेको थियो । तिनै म्याकोन्टोस ४ पुस २०७१…
भद्रपुर । जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालय झापाले संयुक्त रुपमा चालु आर्थिक बर्ष २०७३।७४ को बार्षिक बजेट, निति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेका छन् । जिल्ला विकास समिति झापाको सभाहलमा सांसद दिपक कार्कीको प्रमुख आतिथ्यतामा कृषि तथा पशु कार्यालयले आफ्नो बजेट सार्वजनिक गरेका हुन् । कार्यक्रममा जिल्ला पशु सेवा कार्यलय झापाका पशु चिकित्सक कुमारसिंह खत्रीले यस बर्ष झापामा ७ करोड ८ लाख ४३ हजार बजेट विनियोजित भएको कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा पशु सेवा प्रसार कार्यक्रममा ४ करोड ९ लाख ५२ हजार, पशु विकास सेवा तर्फ १ करोड ९९ लाख ६५ हजार, पशु आहारा सेवा तर्फ…
भद्रपुर । झापाको पहिलाे नगरपालिका भद्रपुर नगरपालिका अाैपचारिक रुपमा शुक्रबारदेखि पूर्ण खोप युक्त नगरपालिका घोषित भएको छ । भद्रपुर नगरपालिका, महेशपुर स्वास्थ्य चौकी, चन्द्रगढी स्वास्थ्य चौकी र शहरी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा आयोजित एक समारोहका बिच शुक्रबार भद्रपुर नगरपालिकालाई पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएकाे हो । झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले नगरपालिकाद्धारा प्रकाशित हेल्थ प्रोफाएल नामक पुस्तकको विमोचन गर्दै व्यानर पढेर खोप युत्त नगरपालिका घोषणा गरेका थिए । कार्यक्रममा चन्द्रगढी स्वास्थ्य चौकीका सेवा निवृत्त हुनु भएका हेमन्तराज दवाडी, चन्द्रगढी स्वास्थ्य चौकी भवन निर्माणका जग्गादाताद्धय प्रेमबहादुर वस्नेत र क्षेत्रकुमारी खड्कालाई सम्मान गरेका हुन । उनीहरुलाई स्थानीय विकास अधिकारी ओझाले…
युएई । रोजगारीका लागि युएई आएको पाँच महिनामा नै एक नेपालीको ज्यान गएको छ । मोरङको लेटाङ १० खेरुवाका दिलिप चौंलागाईंको हृदयघातका कारण ज्यान गएको हो । गएको बुधवार राती खाना खाएर राम्रैसँग सुतेका दिलिप मध्यरातमा अचानक छटपटाएको र बेहोस भएको देखेर सोही कोठामा बस्नेहरुले अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको युएईमै कार्यरत मृतकका साढुदाइ खगेन्द्र ढुङगेलले जानकारी दिए । दिलिप पाँच महिना अघि मात्रै सारजाहमा रहेको कनमिक्स एलटिडी नामक सिमेण्ट फ्याक्ट्रीमा स्टोर किपरको रुपमा काम गर्न आएका थिए । मृतकको शव सारजाह अस्पतालमा राखिएको छ । कानूनी प्रक्रिया पूरा गरी शव नेपाल लैजान नेपाली दूतावाससँग समन्वय गरिरहेको कम्पनीले जनाएको…
भद्रपुर । झापाको ग्रामीण क्षेत्र जलथलमा हाडजोर्नी तथा नसा सम्बन्धी बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लव अफ भद्रपुर र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाको संयुक्त आयोजनामा यही असोज ८ गते शनिबार जलथल गाविस परिसरमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । शिविरमा काठमाडौंको जोपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका विशेषज्ञ चिकित्कहरुले बिरामीको जाँच तथा उपचार गर्ने कार्यक्रम संयोजक नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय सदस्य धनजुजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिरामीको निःशुल्क चेकजाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिने छ । शिविरमा लगभग चारसय बिरामीको चेकजाँच तथा उपचार गर्ने गरी तयारी गरिएको…
काठमाडौ । सरकारले २०५७ सालदेखि बन्द हेटौडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याउने तयारी थालेको छ। उद्योग सञ्चालनमा ल्याउनको लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न सरकारले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यिय समिति गरेको छ। समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट रामएकबल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ सदस्य छन्। समितिले उद्योग पुनः संचालनका लागि उपयुक्त मोडालिटी, प्रकृया, मेशिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्पहरु र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यता समेत अध्ययन गरेर सरकारलाई सिफारिस गर्ने उद्योग मन्त्री…
एजेन्सी । गर्मी छल्नका लागि सनग्लाँस र छाताको प्रयोग गरेर अन्तर्वार्ता रेकर्ड गर्ने चिनियाँ टेलिभिजन पत्रकार जागिरबाट निलम्बनमा परकी छिन्। सियामेन शहरमा उनले सनग्लास लगाउँदै छाता ओढेर अन्तर्वार्ता लिएको तस्विर सार्वजनिक भएको थियो। भयंकर आँधि टाइफून मिरान्टीको विध्वंशपछि भर्खरै चोटमुक्त हुन थालेका जनतासँग पत्रकारले यसरी अन्तर्वार्ता गर्नु नियमविपरित भएको टेलिभिजनले जनाएको छ। ‘ हाम्रो एक पत्रकारले अन्तर्वार्ता लिने क्रममा नियम पालना गरेनन् र जनतामाझ यसले नकारात्मक सन्देश फैलायो।’, सियामेन टेलिभिजनले विज्ञप्ति निकाल्दै भनेको छ। पत्रकारले यसरी अन्तर्वार्ताका दौरान घाम छल्ने काइदा अपनाएका बेला स्वयंमसेवकहरु दिनरात पीडितको सहयोगका लागि खटेका थिए।
इनरुवा । सुनसरीमा जंगली अर्नाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी पश्चिमकुशाहा-४ का ५५ वर्षीय मुसरु यादव रहेका छन्। भैँसी चराउन गएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली अर्नाको आक्रमणबाट यादवको बिहीबार मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। यादवको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा ल्याइएको छ ।
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दैछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गरेका टोलीले आफ्नो धारणा राख्नेछन्। प्रतिवेदनमाथि सामूहिक छलफलका लागि बनाइएका ९ वटामध्ये हिजो पाँच वटा टोलीले आफ्नो धारणा राखिसकेका छन्। शुक्रबारको बैठकमा १ नम्बर प्रदेशबाट जगन्नाथ खतिवडा, प्रदेश नम्बर ६ बाट यामलाल कँडेल, केन्द्रीय विभागबाट रचना खड्का र मोर्चा संगठनका तर्फबाट विश्वनाथ प्याकुरेलले आफ्नो धारणा राख्ने पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएपछि शुक्रबार नै अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । अध्यक्षले जवाफ दिइसकेपछि अध्यक्ष ओलीले पेश गरेको ३२ पृष्ठ…