Author: admin

मोरङ । दसैँ नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् । मोरङ व्यपार सङ्घका अध्यक्ष तथा सांसद पवनकुमार सारडाले मोरङसँग जोडिएको भारतीय सीमावर्ती बजार जोगवनीको खुल्ला सिमानाले भारतीय बजारमा किनमेल गर्ने नेपालीको भीड बढेपछि स्वदेशी व्यापारी विस्थापित हुने अवस्था सिर्जना भएको बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले करोडाैँ रुपैयाँ लगानी गरेर मोरङका व्यवसायीले सञ्चालन गरेको व्यवसायमा सामान बिक्री नभएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो । विराट व्यापार सङ्घका अध्यक्ष शिव रिजालले सरकारले…

Read More

विर्तामोड । फर्जी बिल बनाएररु ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । श्रेष्ठलाई प्रहरीले शनिबार अपराह्न पक्राउ गरे पनि आइतबार जिल्ला अदालत झापामा म्याद थप गरेपछि मात्र घटनाका बारेमा जानकारी गराएको छ । तीन आवमा नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोडले विद्युत् प्राधिकरणमा बुझाउनु पर्ने महसुलबापतको रकममध्ये श्रेष्ठले प्राधिकरणलाई बुझाउनु पर्ने रकमभन्दा रु ३९ लाख ९१ हजार…

Read More

भद्रपुर । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तरगत झापा जिल्ला स्तरीय उसु छनौट प्रतियोगिता सम्पन्न भएको छ । मेची रंगलशाला भद्रपुरमा आयोजित उसु छनौट प्रतियोगितामा तौल समूह र थाउलु तर्फका पुरुष तथा महिला खेलाडीहरु छनौट गरिएको झापा जिल्ला उसु संघका सचिव तथा प्रशिक्षक रबिन श्रेष्ठले जानकारी दिए । ४५ देखि ८० तौल समुहमा क्रमस पुरुष तर्फ प्रथम हुने अनित दनुवार, नरेन राई, सुजन मेचे, सञ्जय ताजपुरिया, सागर लिम्बु, शैलेश श्रेष्ठ, घनश्याम गुरुङ्ग र डम्बर यादव छनौट भएका छन् । त्यस्तै ४५ देखि ६५ तौल समूहमा क्रमस महिला तर्फ प्रथम हुने पुजा खवास, मनिषा श्रेष्ठ, मनिता राई, कञ्चन खवास र संगिता…

Read More

काठमाडौं । अबदेखि श्रवण शक्ति नभएकाले पनि सवारी साधन संचालन अनुमति पत्र पाउने भएका छन्। व्यवस्थापिका संसदको आइतबारको बैठकले सवारी तथा यातायात व्यवस्था दोश्रो संशोधन विधेयकलाई पास गरेपछि श्रवण शक्ति नभएकाका लागि पनि सवारी संचालन सहज अनुमति सहज भएको हो। बैठकमा सवारी तथा यातायात व्यवस्था दोश्रो संसोध विधेयकलाई सर्वसम्मतिले पास गरेको हो। यससँगै अब श्रवण शक्ति नभएकाले पनि सडकको स्तर हेरी तोकिएको सडकमा सवारी सञ्चालन गर्न सक्ने गरी सवारी सञ्चालन अनुमति पत्र पाउने छन्। यसैबीच, विधेयकमा श्रवण शक्ति नभएकाहरुको लागि पनि सवारी अनुमति पत्र दिने प्रावधान राखिएको भन्दै नेमकिपा, नेकपा माओवादी, जनमोर्चा लगायतका सांसदहरुले विरोध गरेका छन्। सडकस्तरउन्नती विना…

Read More

चितवन । चितवनको दारेचोक स्थित घोप्टेभीरमा कार दुर्घटनामा परि बेपत्ता भएका पूर्व मुख्यसचिव तथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित तीन जना अझै बेपत्ता भएका छन। आइतबार दिउँसो ५ बजे चितवनको कुरिनटार नजिकै दारेचोक गाविस-३ घोप्टे भीरबाट त्रिशुली नदीमा खसेको स्कोर्पियो गाडी राति साढे १ बजेसम्म खोज्दा पनि बेपत्ता मानिस र गाडीको अवस्था थाहा हुन सकेको छैन। पूर्वमन्त्री घिमिरे सहित उनका भाई मोहन घिमिरे र प्रकाश घिमिरे बेपत्ता भएका छन् । पानीको वेग कडा भएकोले पनि खोजि कार्यमा कठिनाई भएको छ। सोमबार बिहानैबाट २ वटा र्‍याफ्टिङको टोलीलाई गाडी तथा बेपत्ताहरूको खोजीका लागि पठाइएको चितवनका एसपी बसन्त कुँवरले जानकारी दिएका छन्। गाडी खसेको भनेको स्थानमा नभेटिएकाले गाडी बगाएको हुन सक्ने अनुमान…

Read More

काठमाडौं । यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले काठमाडौं उपत्याकाभित्र मात्र वाणिज्य बैंकमार्फत करिब डेढ अर्ब, विकास बैंकमार्फत २० करोड र फाइनान्स कम्पनी मार्फत ७ करोड रुपैयाँका विभिन्न दरका नयाँ नोट वितरण गर्दै छ । यसैगरी केन्द्रीय बैंकले उपत्यकाबाहिर ७ क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । सरकारी कार्यालय, सैनिक, प्रहरी, सहकारी कार्यालयसमेत गरी कुल ८ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण…

Read More

काठमाण्डाैं ।  सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने तयारी गरेपछि कैलालीको टीकापुर घटनामा परी ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानेका परिवारले घटनाको दोषीलाई कारबाही गर्नुपर्ने  माग गरेको छ। सरकारले मुद्दा फिर्ता लिने तयारी गरेकोमा आफूहरुलाई दुःखी बनाएको परिवारले बताएको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन हुनुपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीनबुँदे सहमति भएको थियो। तीन बुँदे सहमतिमा आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने गरी कांग्रेस र माओवादीले मधेसी मोर्चासँग सहमति गरेका थिए। आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनुपर्ने भन्दै मधेसी मोर्चाले गृहमन्त्री विमलेन्द्र निधिलाई ५०४ जनाको नामावली बुझाएको थियो। सरकारले टीकापुर घटनालगायतको घटनामा…

Read More

काठमाडौं । बुङमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर जीर्णेद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ । सुनको पद्यमाणि लोकेश्वरकोे मूर्ती पनि सोही स्थानमा पाइएको छ । मन्दिरका चार कुनामा सुनका पाता भेटिएको छ । माटोको घैंँटोमा तामाका टुक्रा छन् । पुरातत्व विभागले यसको लगत लिएको छ । मन्दिर जिर्णोद्धारका क्रममा सबै देवस्थलमा यस प्रकारका नवरत्न भेटिने सम्भावना त्यतिकै छ, भने जीर्णोद्धारमा यस्ता सामाग्रही हराउन र मासिन नपाउन भनि त्यतिकै सजगता अपनाउनुपर्ने देखिएको स्थानीयको भनाइ रहेको अाजको गोरखापत्रमा समाचार छ । श्री ३ जंग संस्थानका अध्यक्ष ७८ वर्षीय यमजीप्रताप जंगबहादुर राणा भन्दछन्’ देवस्थल स्थापना गर्दा जगमा नवरत्न, असर्फी, सिक्का…

Read More

काठमाडौं । भूकम्पपछि पुनर्निर्माणका लागि हालसम्म उल्लेख्य प्रगति नभए पनि अनुमानित लागत भने उल्लेख्य बढेको छ । गत वर्षको दाता सम्मेलनअघि राष्ट्रिय योजना आयोगले गरेको विपद् व्यवस्थापनको आवश्यक आँकलन प्रतिवेदनले पुननिर्माणका लागि ६ सय ७० अर्ब आवश्यक रहेको देखाएको थियो । अहिले भने पनर्निर्माणको अनुमानित लागत बढेर ९ सय ३८ अर्ब पुगेको आजको कारोबार दैनिकमा समाचार छ । भूकम्प प्रभावितलाई पूर्वघोषित दुई लखा अनुदान रकममा थप एक लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदले गरेको छ । यस्तै पभावितलई ३ लाख रुपैयाँ निव्र्याजी ऋण प्रदान गर्ने निर्णयसमिेत कार्यान्वयन हुँदा बजेट ९ सय ३८ अर्ब पु्ग्ने देखिएको छ ।

Read More

काठमाडौं । अर्धसरकारी स्वामित्वको गारखाली रबर उद्योगका मजदुर पारिश्रमिकको लागि सरकार फेरिएपपिच्छे मन्त्रालय धाउने गरेका छन् । उनीहरु विभिन्न नेताका साथ लागेर अर्थ र उद्योग मन्त्रालय धाउने गरेका छन् । भूकम्पपछि बन्द रहेको उद्योगले श्रमिकलाई तलसमेत दिन सकेको छैन । महिनौदेखि तलब नपाएपछि उयनीहरु मन्त्रालय आउन बाध्य भएका अाजकाे काराेबारमा समाचार छ । रबर उद्योगका महाप्रवन्धक दिनेश बर्तौलाले श्रमिकलाई तलब खुवाउन १० करोड रुपैयाँ लाग्ने बताए । अवकार प्राप्त कर्मचारीको भक्ता तथा इन्सिेन्टिभका लागि ३ करोड लाग्छ । धेरैजसो उद्योगमा कार्यरत कर्मचारी अवकाशमा जान चाहेका छन् । उद्योगका मजदुरहरु पारिश्रमिक नपाउँदा मन्त्रालय नै आउनु परेको नेपाल कारखाना श्रमिक संघका अध्यक्ष…

Read More