चितवन । चितवनको दारेचोक स्थित घोप्टेभीरमा कार दुर्घटनामा परि बेपत्ता भएका पूर्व मुख्यसचिव तथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित तीन जना अझै बेपत्ता भएका छन।

आइतबार दिउँसो ५ बजे चितवनको कुरिनटार नजिकै दारेचोक गाविस-३ घोप्टे भीरबाट त्रिशुली नदीमा खसेको स्कोर्पियो गाडी राति साढे १ बजेसम्म खोज्दा पनि बेपत्ता मानिस र गाडीको अवस्था थाहा हुन सकेको छैन।
पूर्वमन्त्री घिमिरे सहित उनका भाई मोहन घिमिरे र प्रकाश घिमिरे बेपत्ता भएका छन् । पानीको वेग कडा भएकोले पनि खोजि कार्यमा कठिनाई भएको छ। सोमबार बिहानैबाट २ वटा र्याफ्टिङको टोलीलाई गाडी तथा बेपत्ताहरूको खोजीका लागि पठाइएको चितवनका एसपी बसन्त कुँवरले जानकारी दिएका छन्।
गाडी खसेको भनेको स्थानमा नभेटिएकाले गाडी बगाएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । उनका अनुसार खोजीकार्य अहिले मुग्लिन वरपरको क्षेत्रमा खोजीकार्य भइरहेको छ। राति सशस्त्र प्रहरीको लाइट प्रयोग गरेर राति साढे १ बजेसम्म खोजिएको थियो।
गाडी त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा घिमिरेकी आमा ८० वर्षकी चैतन्यकुमारी घिमिरे, सुरक्षाकर्मी सशस्त्र सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्ले रहेका छन्।
गाडीका चालक विष्णु राईको पुरानो मेडिकल कलेजमा उपचार गराइरहेको र उनलाई कसैसँग भेट्न दिइएको छैन।