Author: admin

 काठमाडौं । बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‍याउँदासमेत सरकारले रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोचच अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको आजको अन्नपूर्णमा समाचार छ । बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदीले रिट लिएर सर्वोच्च आएका हुन् । बारम्बार लिखित आग्रह गर्दा पनि बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै कास्की प्रशासन, क्षेत्रीय प्रशासन, जिल्ला बनलगायतलाई विपक्षी बनाएर सुवेदीले रिट दायर गरेका हुन् ।

Read More

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र निः शुल्क उपलव्ध गराउने भएको छ । तीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रुपमा नेपालीले स्मार्ट कार्ड निः शुल्क पाउने भएका खबर आजको कारोबारमा छापिएको छ । परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारी निर्देशक दिनेश भट्टराईले स्मार्ट कार्ड जारी गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै वेहोर्ने जानकारी दिए । करिब ३ करोड नेपालीलाई निः शुल्क उपलव्ध गराउँदा स्मार्ट कार्ड खरिदमा मात्रै १० अर्ब ५० करोडभन्दा बढी रकम खर्च हुनेछ । एउटा स्मार्ट कार्डलाई ३ देखि ४ डलरसम्म पर्छ । यसका लागि शतप्रतिशत पोली कार्बोनेट कार्डको प्रयोग गरिनेछ। जसका २५ वटा फिचर समावेश गरिनेछ । कार्यकारी निर्देशक…

Read More

 काठमाडौं । नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो । कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको आजकोअन्नपूर्णमा समाचार छ । भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत पाकिस्तान सम्बन्ध थप कटुतापूर्ण बनेको छ । भारतले उक्त आतंककारी हमलामा पाकिस्तानको हात रहेको बताएको छ भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । सार्ककका महत्वपूर्ण दुई सदस्य मुलुकबीच बढ्दो तनावले…

Read More

धादिङ । धादिङको लफाङफेदीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको पछिल्लो जानकारी अनुसार १८ जनाको शव भेटिएको हो । दुर्घटनामा घाइते भएका १४ जनालाई हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनास्थल पुगेर आएका नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाका अनुसार झण्डै एक हजार जना उद्धारमा खटिएका छन् । घटनास्थल छेउका प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पञ्जियारको नेतृत्वमा पनि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङबेसीबाट किन्ताङफेदीका लागि छुटेको बा ३ ख…

Read More

अध्यक्ष कार्कीले यति भनिनसक्दै छेउको ट्राभल्स अफिसबाट एक्कासी एकजना निस्किए । र, मनपरी बोल्न थाले । उनले बाणिज्य संघका अध्यक्ष कार्कीलाई मात्र होइन, सरसफाइमा जुटेका कसैलाई पनि बाँकी राखेनन् । सबैलाई गाली गरे, अश्लिल शब्दमा । ‘यहाँ आएर अर्ति उपदेश दिने काम छैन, सफा गर्छौ भने गर, नत्र खुरुक्क जाओ यहाँबाट, यो तिमीहरुको काम होइन, नगरपालिकाले गर्छ,’ किशोर आङ्देम्बे नाम गरेका ती व्यक्तिले यो वाक्यसँगै केही अश्लिल शब्द पनि उच्चारण गरेपछि भने माहोल बेग्लै बन्यो । उनले आफू वातावरणसम्बन्धी विज्ञ नै भएको सम्म सुनाउन भ्याए ।

Read More

  धादिङ –  जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ कम्तिमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले  अहिलेसम्म १३ जनाको शव निकालिएको जानकारी दिए। सुवेदीका अनुसार चाडपर्वको बेला यात्रु बढी भएर छतमा समेत यात्रु चढाएको हुनाले दुर्घटना भएको हुनसक्छ। मंगलबार बिहान धादिङबेसीबाट ३१ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११ः३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ । बसको छत र सीटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले जानकारी…

Read More

धादिङबेसी । धादिङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय मरिचमान तामाङले जानकारी दिए। घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। साभार : अन्नपूर्ण पाेष्ट

Read More

झापा ।  जिल्ला बजार अनुगमन समिति झापाले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । नजिकिदै गरेको दशै, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै बजार व्यवस्थापन तथा अनुगमनलाई तिव्रता दिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बजार व्यवस्थापन, अनुगमन एवम मूल्याकन समितिको बैठकले बजारमा हुने सक्ने अभावलाई सहज तथा सरल बनाउन उद्देश्यले सरोकारवालासंग गरिएको छलफलमा झापाका बजार अनुगमनलाई तिव्रता दिने निर्णय गरेको हो । छलफलमा चाडपर्वमा उपभोक्ता ठग्ने व्यवसायलाई तत्काल पक्राउ गरी कार्वाही गरिने निर्णय भएको छ । बजार अनुगमनलाई स्थानीय नगरपालिकाले सहकार्य गर्ने र अनुगमनका क्रममा व्यापारीले नगरपालिकाको…

Read More

दमक । पूर्वाञ्चलमा जातिय छुवाछुत अन्त्य गर्ने उद्देश्यले विश्वकर्मा युवा संस्था दमकले शूरु गरेको मिस विश्वकर्मा पूर्वाञ्चलको ग्रेण्ड फिनाले नजिकिएसँगै आयोजकले विभिन्न कार्यक्रमलाई प्रथमिकता दिन शूरु गरेको छ । यही असोज १४ गते हुने ग्रेण्ड फिनालीलाई लक्षित गरी आइतबार च्यारिटि शो कार्यक्रमको आयोजना गरेको छ । प्रतियोगिहरुको पूर्व तयारीका लागि च्यारिटि शो गरिएको संस्थाका संरक्षक फौद गहतराजले जानकारी दिए । च्यारिटि शोमा २६ जना प्रतियोगी यूवतीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । गत भाद्र १० र २० गते दमक र धरानमा भएको छनौटबाट करिब एक सय प्रतियोगी यूवतीहरुबाट २६ जना छनौट भएको आयोजक संस्थाका अध्यक्ष बिवेक लाम्गादेले जानकारी दिए ।…

Read More

काठमाडौ  ।  नेपाल राष्ट्र बैंकले मंगलवारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यबस्थापन विभागले मंगलवार एक सूचना प्रकाशित गरी असोज ११ देखि नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ । पचास रुपैयाको नयाँ नोटमा हिउँ चितुवाको चित्र रहेको छ । यसअघि पचासको नयाँ नोटमा थारको चित्र थियो । नयाँ नोटमा गभर्नर चिरञ्जीबि नेपालको हस्ताक्षर हुनेछ ।

Read More