दमक । पूर्वाञ्चलमा जातिय छुवाछुत अन्त्य गर्ने उद्देश्यले विश्वकर्मा युवा संस्था दमकले शूरु गरेको मिस विश्वकर्मा पूर्वाञ्चलको ग्रेण्ड फिनाले नजिकिएसँगै आयोजकले विभिन्न कार्यक्रमलाई प्रथमिकता दिन शूरु गरेको छ ।

यही असोज १४ गते हुने ग्रेण्ड फिनालीलाई लक्षित गरी आइतबार च्यारिटि शो कार्यक्रमको आयोजना गरेको छ । प्रतियोगिहरुको पूर्व तयारीका लागि च्यारिटि शो गरिएको संस्थाका संरक्षक फौद गहतराजले जानकारी दिए ।
च्यारिटि शोमा २६ जना प्रतियोगी यूवतीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । गत भाद्र १० र २० गते दमक र धरानमा भएको छनौटबाट करिब एक सय प्रतियोगी यूवतीहरुबाट २६ जना छनौट भएको आयोजक संस्थाका अध्यक्ष बिवेक लाम्गादेले जानकारी दिए । च्यारिटि शोमा प्रायोजक संस्थाका प्रतिनिधि, प्रतियोगीका अभिभावकलगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेका लागि पुरस्कार गणेश ज्वलरीले प्रायोजन गरेको आयोजकले जनाएको छ । त्यस्तै फस्टरनरअप र सेकेण्ड रनरअपका लागि क्रमश सुर्यदर्शन सहकारी र भेषभुषण ज्वलरीले प्रायोजन गर्ने आयोजक संस्थाका संरक्षक गहतराजले जानकारी दिए ।