
काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलवारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यबस्थापन विभागले मंगलवार एक सूचना प्रकाशित गरी असोज ११ देखि नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ ।
पचास रुपैयाको नयाँ नोटमा हिउँ चितुवाको चित्र रहेको छ । यसअघि पचासको नयाँ नोटमा थारको चित्र थियो । नयाँ नोटमा गभर्नर चिरञ्जीबि नेपालको हस्ताक्षर हुनेछ ।
Facebook Comments Box