Author: admin

 काठमाडौं । औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब नो वर्क नो पे को व्यवस्था लागू हुने भएको हो । ‘नो वर्क नो पे’ प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेसँगै  लागू हुन्छ । नयाँ व्यवस्था अनुसार राजनीतिक तथा विभिन्न बहानामा उद्योगलाईप्रभावित पारेर काम नगरे मजदुरले त्यो अवधिको तलव नपाउने आजको कारोबार दैनिकमा समाचार छ । व्यवसायीले लामो सयमदेखि माग गर्दैै आएको यो व्यवस्था राजनीतिक दलहरुकेा असहमतिले रोकिँदै आएको थियो ।

Read More

काठमाडौं – सरकारले राज्यको ढुकुटीबाट आफू निकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ । असोज २ गते बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा सत्तारूढ कांग्रेस(माओवादी निकट ४४ कार्यकर्तालाई ५० हजार रूपैयाँदेखि ५ लाख रूपैयाँसम्म बाँडिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार त्यस दिन आर्थिक साहयताका नाउँमा एक करोड रूपैयाँ भन्दा बढी रकम बाडिएको थियो । यसअघि पूर्वराष्ट्रपति रामवरण यादवको उपचारका लागि ६० लाख रूपैयाँ उपचार खर्च र उनकी छोरीलाई कुटनीतिक राहदानी दिलाएकोमा सरकारको आलोचना भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं । अध्यागमन विभागबाट विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिने प्रक्रियामा रकर्ड नै नराखी आर्थिक चलखेल गरेको पाइएको छ । असोज ६ गते साउदी अरेबियन नागरिक अल्जरिन्द मोहमद हुसेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलस्थित अध्यागमन कार्यालयले उनेको गैरपर्यटकीय प्रवेशाज्ञा शंकास्पद पाएको भन्दै प्रस्थान अनुमति पाइसेकेपछि पक्राउ गर्दा त्यहाभित्रको विकृति र आर्थिक चलखेल छाताछुल्ल भएको आजको अन्नपूर्णमा समाचार छ। अध्यागमनका केही कर्मचारीले हुनेसनलाई सेटिङमा भिसा दिएपछि त्यसको रेकर्डसमेत अध्यागमनमा नराखेको पाइएको छ । हुसेनले वयानका क्रममा आफूले भिसा लिँदा ८ सय अमेरिकी डलर तिरकेो बताएका छन् । तर भिसावापतको रकम कर्मचारीले दाखिला गरेका  छैनन् ।

Read More

काठमाडौं – भक्तपुर सूर्यविनायकको पाण्डुबजारस्थित एक घरमा ३० साउनमा छापा हानी प्रहरीले १० लाख ५४ हजार रकमसहित १६ जुवाडे पक्राउ ग-यो । अनुसन्धानका क्रममा सो जुवाघरमै दैनिक करोडको हारजित हुने गरेको खुल्यो । पक्राउ परेकालाई प्रहरीले जुुवा ऐन, २०२० अनुसार मुद्दा चलायो । भक्तपुर जिल्ला अदालतले उनीहरूलाई दुई–दुई सय रुपैयाँ जरिवाना लिएर छाड्ने आदेश दियो । मुद्दा चलेकै दिन उनीहरूलाई कम जरिवानाको फैसला भएको हो । अदालतले जुवाडेलाई थोरै जरिवाना गरेको होइन, कानुनअनुसार त्यो नै अधिकतम सजाय हो । जुवा ऐन, २०२० अनुसार जुवा खेल्ने तथा खेलाउनेलाई अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कैद सजायको प्रावधान नै…

Read More

काठमाडौं । व्यवसायीकै दबाबमा सरकारले १५ देखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरेको छ । जभाभावी परमिट दिँदा दुर्घटना बढ्ने ट्राफिक प्रहरीको चिन्ता छ । तर, दसैँमा सर्वसाधारणलाई मर्का पर्न नदिन परमिटको निर्णय भएको हो । परमिट दिँदा पनि व्यवसायीले क्षमताभन्दा बढी बोक्न पाउनुपर्ने भन्दै अप्ठेरो पारेका अाजको नयाँ पत्रिकादैनिकमा समाचार छ । गत वर्षको तुलनामा अझै ४० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ । सडकको अवस्थासहितका कारणले यस वर्ष धेरै बस सञ्चालन गर्न नसकिएको र छिटै टिकट सकिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । माग पूरा भए फेरि टिकट खोल्न सकिने…

Read More

काठमाडौं – यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन् । क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन् । क्षमताभन्दा धेरै यात्रु…

Read More

​१३ असोज, काठमाडौं । पत्रकार एवं सामाजिक अभियन्ता रबिन्द्र मिश्र विश्वकै १० जना ‘प्रेरणादायी व्यक्ति’ भित्र परेका छन् । अमेरिकी लेखिका डेबोरा रोहनले लेखेको पुस्तक One Person Acted and Everything Changed: 10 Inspiring Stories of World Changers मा मिश्र समेटिएका हुन् । लेखिका डेबोरा वक्ता र सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने परोपकारी संस्था वन पर्सन आक्टेडकी संस्थापक हुन् । मिश्रका अनुसार पुस्तक प्रकाशनको तयारीमा छ । आफ्नो फेसबुक पेजमा खुशी व्यक्त गर्दै मिश्रले आफूले पुस्तक हेर्न नभ्याएको भन्दै पुस्तक प्राप्त गर्ने लिङ्क पनि दिएका छन् ।#OnePersonActed मिश्र बीबीसी नेपाली सेवाका सम्पादक हुन् भने ‘खान पुगोस दिन पुगोस’ नामक परोपकारी अभियानका अभियन्ता पनि हुन्…

Read More

​भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन भद्रपुरले इकाइको २५औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एसोसिएसनका प्रदेश नम्बर १ का प्रमुख पुरुषोत्तम अधिकारीको प्रमुख आतिथ्य तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख विजयराज पौडेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा ५० जना व्यक्तिले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा दुई जना महिलासहित ५० जनाले रक्तदान गरेका हुन् । एसोसिएसनका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका केन्द्रीय सचिव युवराज कार्की, केन्द्रीय सदस्य रमेश पोखरेल, इकाइका पूर्व अध्यक्ष लोकनाथ भट्टराई, भद्रपुर जेसीजका अध्यक्ष भरत प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Read More

शनिश्चरे । झापाको शनिअर्जुनस्थित अर्जुनधारा धाम छेउमा दुई करोडको लगानीमा द फन वर्ल्डको स्थापना भएको छ । नेपाली चलचित्र क्षेत्रका चर्चीत अभिनेता ‘राते काँइला’ का नामले चिनिने सुनिल थापाले असोज १७ गते फन वल्र्डको उद्घाटन गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सो फन वर्ल्डको उदघाटनमा नेपाली चर्चित गायकहरुको समेत उपस्थिति रहने छ भने साँस्कृतिक कार्यक्रम समेत हुने समितिले जनाएको छ । सांस्कृति कार्यक्रमका लागि सुगम पोखरेल, शिव परियार, ग्रीस खतिवडा लगायतका गायक गायिका आउने भएका छन् । २ बिगाहा १० कठ्ठा जमिनलाई २५ बर्षका लागि लिजमा लिएर फन वर्ल्डको स्थापना गरिएको हो । सो फन वर्ल्डमा ४…

Read More

​ काठमाडौं, असोज १३ । सरकारले संसदमा विचाराधीन अवस्थामा रहेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ । बिहिबार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गरी ‘मनमोहन स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठान’ राख्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै नवौं पटक अनसनरत डाक्टर गोविन्द केसीसंग यसअघि भएको सम्झौताको कार्यान्वयन स्वरुप सरकारले न्याम्सको नाम परिवर्तन गरी मनमोहन स्मृति राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने र यसअघि सो मेडिकल कलेजको सम्बन्धनकालागि अघि बढेको बिधेयक फिर्ता लिने निर्णय गरेको हो । डाक्टर केसीको काठमाडौं उपत्यकामा…

Read More