Author: admin
काठमडौं । नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ । चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाउन निमितभन्दा थप ६ हरजार किलोलिटर पेट्रोलियम पदार्थ भित्राएको हो । निगमका प्रवक्तााभानुभक्त खनालले चाडपर्वमा आपूर्ति व्यवस्था सहज पार्नका लागि भैरहवाको मुगलसरायनबाट मासिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गरिरहेकेा बताए । त्यस्तै निगमले गोरखपुरबाट हवाई इन्धनसमेत ल्याउने तयारी गरिरहेको छ ।
कांग्रेसमा उपसभापतिमा भन्दा पहिले महामन्त्री मनोनित हुने भएको छ। आन्तरिक व्यवस्थापनमा समस्या भएपछि केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव लगेर दसैं अगाडिसम्म मनोनित गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘उपसभापति तत्काललाई थाती नै रहन्छ र दसैंअघि महामन्त्री मनोनीत गर्ने तयारी छ,’ देउवा निकट स्रोतले भन्यो, ‘उपसभापतिको मनोनययन दुई चार महिनापछि मात्र हुने भएको छ।’ सहमहामन्त्री पनि उपसभापतिभन्दा अघि नै मनोनित गर्ने तयारी देउवाको रहेको छ। निर्वाचित भएको दुई महिनामा पार्टीका सवै निकायलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर, महाधिवेशन भएको सात महिनासम्म पनि देउवाले पदाधिकारीमासमेत पूर्णता दिएका छैनन्। सिंगापुरबाट उपचार गरेर फर्किएको…
काठमाडौं । संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ । दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने बताएको छ । संविधान संशोधन विधेयक दर्ता नगराए छठ पर्व सकिनेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आनन्दोलन चर्काउने निष्कर्षसहित मोर्चाका नेता जुटेका आजको राजधानी दैनिकमा समाचार छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्न सरकारले ढिलाई गरेको आरोप लगाउँदै मधेसी मोर्चाले अब धेरै समय पर्खन ससक्ने बताएको हो । संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय…
काठमाडौं – मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ । पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौं आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय कि।मि। पाइपलाइन बिछ्याएको छ भने तीन सय कि।मि। बिछ्याउन बाँकी छ । मेलम्चीको पानी वितरणका लागि आठ सय कि।मि। पाइपलाइन विस्तार गरिने छ । आयोजना निर्देशनालयका प्रवक्ता लीला ढकालले भने– ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ, २०७४ असोजभित्रै काम सम्पन्न गर्छौ,…
काठमाडौ । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो । विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको आजकोराजधानी दैनिकले जनाएको छ । विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्िटच्युटका अध्यक्ष काथ्यी लिसले इमेलमार्फत जानकारी दिए ।
काठमाडौं – गत आइतबार दिउँसो त्रिशूली नदीमा जिप दुर्घटनामा परेर हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरेको परिवारले शुक्रबार साँझ कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् । घिमिरे दाजुभाइको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा उनका आफन्त तथा आर्यघाटमा उपस्थित जनसमुदाय भावविभोर बनेका थिए । तीन दाजुभाइको लहरै चिता बनाई कुसको मानवकृति बनाएर उनीहरूको बिदाइ गरिएको थियो । कुसल स्रशासक तथा कुशल शासकका रूपमा चिनिएका घिमिरे मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध गरी काठमाडौं फर्कने क्रममा चितवनको दारेचोक गाविसको घोप्टेभीरमा उनले चलाइरहेको जिप दुर्घटनामा परेको थियो । उनीसहित तीनै दाजुभाइ अझै बेपत्ता छन् । शुक्रबार दिउँसो उनीसँगै दुर्घटनामा परेकी आमाको अन्त्येष्टि गरेपछि तीन भाइको एकै पटक…
भारतको गुवाहाटीमा सम्पन्न ६४ औ संस्करणको बोर्डाेलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपालको थ्रीस्टार क्लबले उचालेको छ ।
जहाँ कहिँ बसेकि छौ सुन बिश्वासघाति । म त भएँ तल तल तिमी हुनु माथि । म थिएँ घाम जस्तै तिमी जुन जस्तै, वनपाखामा सँगै डुल्थ्यौं थियौं असल साथि । छुट्यो आज हाम्रो माया ,टाढा भयौ तिमी, डाहा गर्लान भनेर नै भट्ने गर्थ्यौं राति । चिरन्जिवि हुनु तिमी आज टाढा भए पनि, सडकको म फोहोरलाई किन मान्थ्यौ जाति । जहाँ कहिँ बसेकि छौ सुन बिश्वासघाति । म त भएँ तल तल तिमी हुनु माथि॥
धुलाबारी । ‘ हिमाल पहाड तराईको साझा ध्यान : संविधान कार्यान्वयनमा जेसीज अभियान ‘ नाराका साथ शुक्रबारदेखि जेसीज क्षेत्र ‘क’ सम्मेलन झापाको धुलाबारीमा शुरु भएको छ । नेपाल जेसीजको आयोजना र धुलाबारी जेसीजको आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा जेसीजको क्षेत्र ‘क’ अन्तर्गत पूर्वी नेपालका सर्लाहीदेखी झापा सम्मका ३४ वटा जेसीज शाखाहरुबाट गरी ४ सय बढी प्रतिनिधिहरु सहभागी छन् । पुर्वसभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले सम्मेलनको उद्घाटन गरेका छन् । उनले गत साल असोज ३ गते संविधान जारी नगरिएको भए अहिलेसम्म पनि नेपाली जनताले नयाँ संविधान नपाउने बताएका छन् । त्यसैगरि नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनका विशेष अतिथि नेपाली…
धुलाबारी । पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गत साल असोज ३ गते संविधान जारी नगरिएको भए अहिलेसम्म पनि नेपाली जनताले नयाँ संविधान नपाउने बताएका छन् । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको झापाको धुलाबारीमा उदघाटन गर्दै एमाले नेता नेम्वाङले संविधानकै विषयमा अहिले पनि असन्तुष्ट पक्षसंग कुरा चलिरहेको भए पनि मिल्न नसकेकाले गत साल जारी नगरेको भए अहिले पनि नेपालले संविधान नपाउने बताए । एमाले नेता नेम्वाङले भने, ‘म लेखेर दिन्छु आजका मितिसम्म पनि संविधान जारी हुने थिएन । हामीले देखिरहेकै छौं अहिले पनि कुरा मिलिरहेको छैन ।’ नयाँ संविधान मधेशले अस्वीकार नगरेको उनले बताए । तर मधेशका केही…