Author: admin

काठमाडौं – चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन थालेका छन् । राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने व्यापारीले अन्तर्राष्ट्रिय उडान भर्ने जहाज कम्पनीमार्फत सामान आयात गर्न थालेका हुन् । गत वर्षको भूकम्पपछि तातोपानी नाका बन्द भएको थियो भने विभिन्न खाले चिनियाँ अवरोधले रसुवागढी नाकामा समस्या थियो । ‘तातोपानी बन्द भएपछि एक पटक रसुवागढीबाट सामान ल्याउँदा धेरै समस्या भयो,’ न्युरोडको आरबी कम्प्लेक्समा तयारी पोसाकको पसल चलाउने लोप्साङ गुरुङले भने, ‘त्यसपछि ‘एयर लिफ्ट’ गरेर सामान ल्याइरहेको छु ।’ उनले दसैं–तिहारलाई लक्षित गर्दै केही साताअघि मात्र ग्वान्जाउबाट थाई…

Read More

काठमाडौं – दशैं नेपालीको महान चाड हो । तर यसको रौनक र चहलपहल भने सीमापारि भारततिर बढी हुन थालेको छ । उपभोक्तहरु बडादशैंको किनमेलका लागि विराटनगवरभन्दा सँगै जोडिएको सीमावर्ती भारतीय बजार जोगबनीमा पूर्वी नेपालका नेपाली उपभोक्ता पुग्ने क्रम बढेको छ । जोगबनीमा भेटिएकी दुहबीकी अनिता घिमिरेले भनिन्,’नेपालमा भन्दा सस्तो र राम्रो सामान पाइने भएकाले म यतै किनमेल गर्न आउँछु ।’ जोगबनी बजार खास गरेर झापा, मोरङ, सुनसरी र सप्तरीका विभिन्न क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र रहेको छ । कोसीपहाडका विभिन्न क्षेत्रका मानि पनि त्यहाँ पुग्ने गर्छन् । जोगबनी बजारमा चहलपहल बढिरहँदा बिराटनगरेको बजारमा भने दसैंको खासै रौनक देखिँदैन । आजकोअन्नपूर्ण पोष्ट…

Read More

सुरुङ्गा । झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भएको कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद चिमरियाले प्रतिवेदन प्रस्तुत गर्दै १ करोड २२ लाख ६० हजार ३ सय ७६ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरे । जिल्ला सहकारी संघ झापाकी सल्लाहकार समिति सदस्य चम्पा सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेयर सदस्यहरु मध्येबाट ज्येष्ठ नागरिक, जग्गादाता, असल ऋणि, मेहनती किसान र एसएलसी परिक्षामा उत्कृष्ट अङ्क हाँसिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरियो । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकतर्फ अमृतमाया भट्टराई, मानवीर सार्की, जग्गादातातर्फ लक्ष्मीप्रसाद दाहाल, असल ऋणितर्फ पुण्यप्रसाद प्रसाईं, मेहनती किसानतर्फ विश्वनाथ सेलुवाल…

Read More

झापा । बेग्ला बेग्लै अावाज, गीत अनि संगीतले युवाहरूकाे मन जितिरहेका चर्चित झापाली गायक सिमान्त सन्तोष अाजकल हर साँझ रक्सीमा चुर्लुम्म डुब्ने गरेका छन् । धनी घरका छाेरा भएका कारण उनी यसरी डिस्काे धाउन थालेका हुन त ? कि साँच्चीनै उनले समाजलाइ वास्ता नगरेका हुन् ? हैन, उनी अाफ्नाे नयाँ म्युजिक भिडियाे हामिलाई बाल मतलबका लागि डिस्काे धाएका हुन् । जनराको हामिलाई बाल मतलब बोलको गित सार्वजानिक भएको छ । गायक सिमान्त सन्तोषको आवाजमा सजिएको उक्त आईटम गीतको भिडियोमा अधिकांश पुर्वेली कलाकारहरुको अभिनय रहेको छ । श्रीकृष्ण लुईटेल बोके दारीको शब्द तथा संगीत रहेको उक्त गीतमा युवा पुस्ताको विन्दासी जीवनलाई उतारिएको छ…

Read More

झापा । विर्तामोड पश्चिमपट्टि पूर्व पश्चिम राजमार्गमा रहेको अन्दुवा पुलमा सवारी साधनले मानिसलाई हिर्काउला भन्ने त्रास हुन्छ । जो कोही पनि उक्त पुलमा असुरक्षित महसुस गर्छन् । तर अन्दुवा खोलामा मान्छे हिँड्ने पुल अलग्गै बनेपछि असुरक्षा कम हुने भएको छ । विर्तामोडस्थित कन्काई एजुकेसन फाउण्डेसनका संस्थापक जयनारायण ढुंगानाले अन्दुवा खोलामा मान्छे हिँड्ने पुलको निर्माण गरिदिएका छन् । साँघुरो पुलमा मान्छे हिँड्न गाह्रो भएका कारण उनले उक्त पुलको निर्माण गरिदिएका हुन् । पूर्व पश्चिम राजमार्गमा पर्ने उक्त पुलमा सवारी साधन आवागमन नै गाह्रो भएको बेला उनले मान्छे सुरक्षित हिँड्न सकुन भन्दै उनले पुल बनाईदिएका हुन् । पुलको शनिबार एक कार्यक्रम गरि उद्घाटन…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेष्ठ नारिकहरुलाई सम्मानजनक जीवन जिउनसक्ने बनाउने सरकारको जिम्मा रहेको ताएका छन् । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जेष्ठ नागरिकको सम्मानद्वारा राष्ट्रमा असल परम्परा स्थापित गर्नुपर्ने बताउदै जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको बताएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी दिनमा जेष्ठ नागरिकहरुलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने कुरा विश्वास दिलाउन चाहन्छु ।’ सन्देशमा प्रधानमन्त्री प्रचण्डले नागरिकहरुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन…

Read More

काठमाण्डाै‌ ।  संयुक्त राष्ट्रसंघले काश्मिरमा आफ्नो सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको भारतको दाबीमाथि प्रश्न गर्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । भारतले जम्मु–काश्मिरको आफ्नो नियन्त्रणमा रहेको रेखामा रहेका बिद्रोहीका अखडा नष्ट गर्न सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो । तर पाकिस्तानले भने त्यस्तो कुनै स्ट्राइक नभएको र नियममित जस्तै झडप रहेको बताएको थियो । राष्ट्रसंघले पनि भारतीय दाबी माथि प्रश्न उठाएको हो । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनका प्रवक्ता स्टीफन डुजारिकले राष्ट्रसंघको सैन्य निगरानी समूहले भारत र पाकिस्तानको नियन्त्रण रेखामा गोलीकाण्ड भएको नदेखिएको बताए । युद्धविराम उल्लंघन भएको जानकारी आएपनि त्यसबारे स्पष्ट नभएको र निगरानी समूहले सम्बन्धित…

Read More

काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची ८, गिरान्चौरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको एकीकृत बस्तीको ९० प्रतिसत काम सकिएको छ । अधिकांश घरहरु बस्न हुने भइसकेपनि केही काम नसकिएकाले यसअघि घोषणा गरिए अनुसार घटस्थापनाको दिन बस्ती हस्तान्तरण गर्न नसकिएको फाउण्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेलले जानकारी दिए। ‘हामीले घटस्थापनाको दिन सुन्दर सहर हस्तान्तरण गर्ने भनेका थियौं। तर जेठ महिनादेखि असोज १५ गतेसम्म निरन्तर पानी परेको छ। सबैलाई जित्यै हामीले प्रकृतिलाई जित्न सकेनौं’ उनले बस्ती निर्माण समयमा नै नसकिनुको कारण खुलाउँदै भने। काम नसकिएकाले गिरानचौरमा बस्ती निर्माणको काम गर्दै दशैं मनाउने धुर्मुसले आफ्नो भिडियो सन्देशमा बताएका छन्। उनले तिहार अघि नै काम सक्ने प्रतिज्ञा गरेका…

Read More

काठमाडौं– भारतको बोर्डोलाई ट्रफी जितेको थ्रीस्टार क्लब आज स्वदेश फर्किंदैछ । भारतको गुहावटीबाट झापाको भद्रपुर हुँदै दिउँसो साढे ३ बजे टिम त्रिभुवन विमानस्थल आइपुग्ने थ्रिस्टार क्लबका महासचिव सञ्जिव शिल्पकारले जानकारी दिए । टिम गुहावटीबाट गाडीमा भद्रपुरसम्म आउनेछ । शुक्रबार भएको फाइनलमा भारतको इष्ट बंगाललाई हराउँदै थ्रिस्टारले १६ लाख रुपैयाँ पुरस्कारको उपाधि जितेको हो । थ्रीस्टारको जितमा देवेन्द्र तामाङ्ग र विमल घर्तीमगरले गोल गरेका थिए ।

Read More

काठमाडौं । विजयादशमीको पहिलो दिन शनिबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ । घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई…

Read More