काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेष्ठ नारिकहरुलाई सम्मानजनक जीवन जिउनसक्ने बनाउने सरकारको जिम्मा रहेको ताएका छन् ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जेष्ठ नागरिकको सम्मानद्वारा राष्ट्रमा असल परम्परा स्थापित गर्नुपर्ने बताउदै जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको बताएका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी दिनमा जेष्ठ नागरिकहरुलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने कुरा विश्वास दिलाउन चाहन्छु ।’
सन्देशमा प्रधानमन्त्री प्रचण्डले नागरिकहरुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने नीति आवश्यक रहेको उल्लेख गरेका छन् ।