Author: admin

​ काठमाडौं,भदाै३१ – युरोपेली मानवअधिकार अदालतले बेलायती सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकललाई पेन्सनका मामिलामा बेलायत सरकारले भेदभाव नगरेको फैसला गरेको छ । फ्रान्सको स्ट्रयजबर्गमा रहेको युरोपेली अदालतले बिहीबार बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनमा बेलायत सरकारले भदभाव नगरेको निर्णय गर्दै समान पेन्सको दाबी खारेज गरिदिएको छ । अदालतले युरोपेली मानवअधिकारसम्बन्धी महासन्धिको धारा १४ र धारा १ अनुरुप भूतपूर्व बेलायती गोर्खा सैनिकलाई भेदभाव गरिएको भन्ने कुनै आधार फेला नपारको दाबी गरेको छ । धारा १४ मा धर्म, वर्ण, लिंग वा अन्य कुनै पनि आधारमा संघका सदस्य मुलुकले भेदभाव गर्न नपाउने उल्लेख छ । करिब पाँच वर्षअघि भूतपूर्व गोर्खा सैनिकहरुको…

Read More

​काठमाडौं, भदाै ३१ – संघीयतापछि पनि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) केन्द्रीय संरचनामै रहने भएका छन् । दुवै निकायलाई केन्द्रीय कमान्डमै राख्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ । यस विषयमा अध्ययन गर्न सशस्त्र प्रहरीले एआइजी प्रेम शाहीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले पनि सशस्त्र प्रहरीलाई केन्द्रीय कमान्डमै सञ्चालन गर्नुपर्ने सुझाबसहितको प्रतिवेदन तयार गरेको छ । प्रदेशमा विशिष्ट श्रेणी (एआइजी)को कमान्ड रहने गरी सशस्त्र प्रहरीको पुनर्संरचना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन बुझाउने तयारी भइरहेको एआइजी शाहीले बताए । राष्ट्रिय अनुसन्धान विभागलाई पनि केन्द्रीय संरचनामै राख्ने पक्षमा विभाग र गृह मन्त्रालयका अधिकारी छन् । संघीयतामा महानगरीय…

Read More

​ काठमाडौं,भदाै३१– खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्तका लागि यस्तो व्यवस्था गरेको हो । ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

​ काठमाडौं,भदाै३१– सर्वोच्च अदालतले केही दिनमा भ्रष्टाचारका मुद्दालाई विशेष प्राथमिकता दिई पेसीमा चढाएको छ । यही भदौ २६ र २७ गते मात्र १ सय १४ थान भ्रष्टाचारका मुद्दाहरु पेसीमा चढेको पाइएको हो । त्यसमध्ये कतिपय मुद्दामा सम्बन्धित निकायमा बुझ्ने आदेश भएका छन् भने कतिपय मुद्दाहरु पक्ष वा विपक्षले सुनुवाइ गर्न असमर्थता जनाई स्थगित गरेको सर्वोच्च अदालतको रेकर्डबाट थाहा भएको छ । यही भदौ २६ गते न्यायाधीशहरु केदारप्रसाद चालिसे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासमा ९ थान भ्रष्टाचारका मुद्दा पेसी चढेको भए पनि ८ थान मुद्दा विपक्षको तर्फबाट स्थगित गराइएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

​ काठमाडौं, भदाै ३१ – कामका लागि वदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि पिसिओबाट हौ, आफ्नै मोबाइलबाट । श्रम स्वीकृति र भिषा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधादिइरहेको छ । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

​ काठमाडौं,भदाै ३१- निजी क्षेत्रको मालिका पेट्रोलियम प्रालिलाई दिइएको अनुमति खारेज गर्ने अघिल्लो सरकारको निर्णय कार्यान्वयन नहुने भएको छ । अघिल्लो सरकारले मालिका पेट्रलियम प्रालिलाई खारेज गर्ने अनुमति कार्यन्वयन नगर्न सर्वोच्च अदालतले आपूर्ति मन्त्रालयलाई आदेश दिएको छ । केपी ओली नेतृत्वको सरकारले साउन ५ मा मालिकासहित ८ संस्थानलाई दिइएको अनुमति खारेज गरेको छ । ओली सरकारमा आपूर्तिमन्त्री रहेका गणेशमान पुनको अग्रसरतामा लाइसेन्स दिइए पनि माओवादी केन्द्र सरकारबाट हट्नेवित्तिकै अनुमति खारेज गरिनुलाई राजनीतिक प्रतिशोधको रुपमा लिइएको थियो । मालिकाले भदौ १ गते आपूर्ति मन्त्रालय र मन्त्रिपरिषद्विरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । सर्वोच्च अदालतले मालिका पेट्रोलियम प्रालिलाई पेट्रलियम पदार्थ कारोबार गर्ने…

Read More

​काठमाडौं,भदाै ३१- सर्वोच्च अदालतले आफैँ खारेज गरेको जनहित याचिका (पिआइएल)माथि पुनरावलोकन सुरु गरेर संसारमै नभएको अभ्यास थालेको कानुनविद्हरूको भनाइ छ । एकपटक खारेज भएका याचिकामाथि फेरि आदेश दिने परम्परा यसअघि नेपालमा र विश्वमा समेत अभ्यास नभएको कानुनविद्हरूले बताएका छन् । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको विषयलाई लिएर परेको रिट निवेदनमा उठाइएका विषयहरू सान्दर्भिक नभएको भन्दै सर्वोच्चले ८ असोज ०७१ मा रिट खारेज गरेको थियो । तर, फेरि त्यही विषयमा रिट निवेदन दर्ता भएर अदालती प्रक्रिया सुरु भएकोमा कानुनविद्हरूले आश्चर्य व्यक्त गरेका छन् । ‘यस्ता रिट पनि दर्ता हुन्छन् भन्ने नजिर यसअघि थिएन, यसपालि सर्वोच्चमा जे भइरहेको छ, अनौठो भइरहेको…

Read More

झापा । युवा सञ्चार अभियान झापाले बाल दिवसको अवसरमा बिर्तामोडस्थित तारा नमस्ते बाल आश्रममा रहेका ११ जना बालबालिकालाई फलफुल तथा विभिन्न खाद्यन्न सामग्री वितरण गरेको छ ।  झापालाई बालश्रम मृक्त जिल्ला बनाउनका साथै बालमैत्री जिल्ला बनाउने उद्देश्यले गठन भएको युवा सञ्चारकर्मीहरुको संस्थाले  बालबालिकासंग अन्तरक्रिया समेत गरेको थियो । २०६८ सालमा बिर्तामोडका उज्जव पोख्रेलले स्थापना गरेको बाल आश्रममा चन्द्र खतिवडा कोइराला र यसोदा चापागाईले अनाथ बालबालिकाहरुको हेरचाहार गरिरहेका छन् । स्वीजरल्याण्डमा रहेका पोख्रेललले अनाथ बालबालिकाहरुको पालन पोषण गरिरहेको आश्रममा रहेकी कोइरालाले जानकारी दिइन् । झापा सहित इलाम, पाँचथर, ताप्लेजुङलगायतका अनाथ बालबालिकाहरु उक्त बाल आश्रममा रहेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले…

Read More

काठमाडौं – बिहान ११ बजे भारतको राजकीय भ्रमणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल झण्डै एकघण्टामा नयाँदिल्ली पुगेका छन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । प्रधानमन्त्रीको भ्रमण टोली ४२ सदस्यीय सरकारी टोलीसहित एकसय २५ जनाको जम्बो टोलीसहित दिल्ली पुगेका हुन् । प्रधानमन्त्रीको महत्वपूर्ण भेटवार्ता शुक्रबार मात्र हुनेछ । तस्बिर : कृष्णहरि पुष्करको ट्वीट 

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको औपचारिक भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि दाहाल बिहान ११ बजे दिल्ली प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी निधिले पाएका हुन् । निधि नेपाली कांग्रेसकातर्फबाट नेतृत्व गर्दै प्रधानमन्त्रीपछि पहिलो वरियतामा रहने गरी उपप्रधानमन्त्री छन् ।

Read More