काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको औपचारिक भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोकेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि दाहाल बिहान ११ बजे दिल्ली प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी निधिले पाएका हुन् । निधि नेपाली कांग्रेसकातर्फबाट नेतृत्व गर्दै प्रधानमन्त्रीपछि पहिलो वरियतामा रहने गरी उपप्रधानमन्त्री छन् ।
Facebook Comments Box