काठमाडौं – बिहान ११ बजे भारतको राजकीय भ्रमणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल झण्डै एकघण्टामा नयाँदिल्ली पुगेका छन् ।
दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् ।
प्रधानमन्त्रीको भ्रमण टोली ४२ सदस्यीय सरकारी टोलीसहित एकसय २५ जनाको जम्बो टोलीसहित दिल्ली पुगेका हुन् । प्रधानमन्त्रीको महत्वपूर्ण भेटवार्ता शुक्रबार मात्र हुनेछ ।
.jpg)

तस्बिर : कृष्णहरि पुष्करको ट्वीट
Facebook Comments Box