Author: admin
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन आज देशभर शान्तिपूर्णरुपमा भइरहेको छ । दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम पौडेलले छिटपुट घटनाबाहेक मतदान अहिलेसम्म शान्तिपूर्ण रहेको बताए । केही स्थानमा विभिन्न कारणले मतदान रोकिएर फेरि सुचारु भएको उनको भनाइ छ । सामान्य विवादमा मतदान स्थगित नगर्न र ५ बजेसम्म स्थगनको सूचना पनि जारी नगर्न आयोगले भनेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी भने झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले मंसिर १५ लगत्तै एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन्।
झापा । झापामा मध्यान्ह १२ बजेसम्म ४० प्रतिशत मत खसेको झापा जिल्लाका निर्वाचन कार्यालय झापाले जनाएको छ । ५ बजेसम्ममा ७५ प्रतिशत मत खस्ने अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले बताए । सम्पूर्ण केन्द्रको मतपेटिका मतगणनास्थलमा संकलन गरेर सर्वदलीय बैठक पछि मतगणना सुरू गरिने नेपालले जानकारी दिएका छन् । झापाबाट उम्मेदवारी दिएका सबै ‘हेबीवेट’ नेताहरूले मतदान गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगरको कविशिरोमणि मावि मतदान केन्द्र, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दीबारी गाउँपालिकाको वार्ड नं १ को कार्यालय मतदान केन्द्र, नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले बिर्तामोडको देबी मावि मतदान केन्द्र र नेपाली कांग्रेसका…
झापा । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान जारी छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेका छन् । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्दैछन् । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय…
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताए । देशैभर मतदान सुरू भइसकेको जानकारी दिँदै विवेकताका साथ मताधिकार गर्न उनले आग्रह गरे । उनले सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल पनि गरे ।
झापा । आगामी पाँच बर्षका लाग प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आज देशभर मतदान हुँदैछ । मतदानका लागि सबै मतदानस्थल तयार भएका छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ । झापाका सबै मतदानस्थल तयार भइसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका ७६६ स्थायी मतदानस्थल र अस्थायी प्रकृतिका २ वटा मतदानस्थलको निर्माण पूरा भइसकेको छ । झापामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका छन् । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनप झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन्…
झापा । आइतबार हुने मतदानका लागि मतदानस्थल तयार भएका छन् । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत हुने मतदानका लागि मतदानस्थल तयार भएका हुन् । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ । झापाका सबै मतदानस्थल तयार भइसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका ७६६ स्थायी मतदानस्थल र अस्थायी प्रकृतिका २ वटा मतदानस्थलको निर्माण पूरा भइसकेको छ । झापामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका छन् । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका…
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन्। प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ का अवसरमा आज सन्देश दिँदै उनले मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी हुन्। राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिबिम्बित गर्ने बताइन्। जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ छ। राष्ट्रपतिले आमनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान…
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए। स्थिर समयमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको उनको भनाइ छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारीसाधनलाई अनुमति लिनुनपर्ने गरी व्यवस्था गरेको…
बिराटनगर । मोरङको विराटनगरमा बम जस्तो शंकास्पद वस्तु भेटिएकाे छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान उक्त वस्तु भेटिएको हो । उक्त शंकास्पद वस्तु भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शंकास्पद वस्तु भेटिएको स्थान वरिपरि आवतजावतमा रोक लगाएको छ। हाल शंकास्पद देखिएको वस्तुका बिस्तृत जानकारी लिने र निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ पुग्दै गरेको प्रहरीले जनाएको छ।