काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताएका छन् ।
भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताए । देशैभर मतदान सुरू भइसकेको जानकारी दिँदै विवेकताका साथ मताधिकार गर्न उनले आग्रह गरे ।
उनले सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल पनि गरे ।
Facebook Comments Box