Author: admin

झापा क्षेत्र नं १ को मतगणना सुरु भएको छ। केहबेरअघि मतगणना सुरु गरिएको हो। योक्षेत्रमा एमालेबाट अग्नि खरेल र कांग्रेसका विश्वप्रकाश शर्मा प्रतिष्पर्धामा छन्।

Read More

झापा निर्वाचन क्षेत्र नम्बर ३ को राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्।एक हजार मत गणना गर्दा लिङ्देनले ४८५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४०३ मत ल्याएका छन्। मतगणना जारी छ।

Read More

झापा । झापामा तीनवटा क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन् । ३८७७ मत गन्दा घिमिरेले १४३२ मत प्राप्त गरेका छन् । त्यसैगरि माओवादी केन्द्रका हरि रानाले ८४९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत पाएका छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल उम्मेदवार रहेको क्षेत्र नं १ मा अहिलेसम्म मतगणना भएको छैन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार रहेको क्षेत्र नं ३ मा भने केही बेर अघिबाट मतगणना…

Read More

झापा । झापाको क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुरुवाती अग्रता लिएका छन् । जारी मतगणनामा ५०० मत गन्दा लिङ्देनले २२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २१३ मत प्राप्त गरेका छन् ।

Read More

झापा । झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म क्षेत्र नं २ मा मात्र मतगणना शुरु भएको छ । क्षेत्र नं ३ र ५ मा भने अहिले केहीबेरमा मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिए । क्षेत्र नं १ र ४ मा अहिले केहीबेरमा सर्वदलीय बैठक बसेर मात्र गणना शुरु हुने नेपालले बताए । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीका अनुसार क्षेत्र नं ३ मा राति सर्वदलीय बैठकमा अहिले बिहान ८ बजे मतगणना गर्ने सहमति भएको थियो । त्यसैगरि क्षेत्र नं ५ मा पनि गएराति सर्वदलीय बैठक बसेर अहिले बिहानदेखि मतगणना शुरु ज्ञवालीले बताए ।

Read More

काठमाडौँ। विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिताका रुपमा रहेको विश्वकप फुटबल प्रतियोगिताको बुधबार भव्य उद्घाटन गरिएको छ। कतारको अल बायत स्टेडियममा आइतबार एक विशेष समारोहबीच प्रतियोगिताको औपचारीक उद्घघाटन गरिएको हो। विशिष्ट व्यक्तिहरुको उपस्थितिमा प्रतियोगिताको उद्घघाटन गरिएको हो। उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रिम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए। कतार विश्वकपको उद्घाटन खेलमा भने आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा भइरहेको छ।मध्येपूर्वी देश कतारमा पहिलो पटक विश्वकप आयोजना भइरहेको छ। यस विश्वकपमा ८ समूहमा ३२ टिमलाई विभाजन गरि कुल ६४ खेलहरु खेलाइँदै छ। आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल १८ डिसेम्बरमा हुने छ।

Read More

झापा । झापामा करिब ६० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले झापा छिटपुट विवाद बाहेक शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको जानकारी दिए । मतदान सकिएसँगै मतपेटिका संकलन कार्य शुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुराउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । अवेरसम्म मतपेटिका संकलन हुने भएकाले गणनामा समय लाग्नसक्ने बताइएको छ । झापा क्षेत्र नं. २ को मतगणना स्थल अर्जुनधारा नगरपालिकामा मतपेटिका पुराउने काम भइरहेको छ । जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका भण्डारण गरेपछि सर्वदलीय बैठक बसेर गणनाका लागि समय निर्धारण गरिने तयारी छ । झापा क्षेत्र…

Read More

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए । सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा…

Read More

काठमाडौं। १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणना फरकफरक स्थलमा तोकिएको छ। मतगणनाका लागि मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला निर्वाचन अधिकृतले बताएका छन्। काठमाडौंमा आज साँझबाटै मतगणना प्रराम्भ गरिने आयेगले बताएको छ। काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाका लागि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र तोकिएको छ। यस्तै, क्षेत्र नम्बर २ को मतगणना थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को जोरपाटीस्थित चामुण्डा स्कुल, ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, ५ को टोखाको श्रीसमाज भवनमा, ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हलमा हुने आयोगले जानकारी दिएको छ। यस्तै, क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको…

Read More

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । क मतदान केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।

Read More