काठमाडौं। १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणना फरकफरक स्थलमा तोकिएको छ। मतगणनाका लागि मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला निर्वाचन अधिकृतले बताएका छन्। काठमाडौंमा आज साँझबाटै मतगणना प्रराम्भ गरिने आयेगले बताएको छ।
काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाका लागि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र तोकिएको छ। यस्तै, क्षेत्र नम्बर २ को मतगणना थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को जोरपाटीस्थित चामुण्डा स्कुल, ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, ५ को टोखाको श्रीसमाज भवनमा, ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हलमा हुने आयोगले जानकारी दिएको छ।
यस्तै, क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, ९ को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुने जिल्ला निर्वाचन आयोग काठमाडौंले जानकारी दिएको छ।