काठमाडौँ। विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिताका रुपमा रहेको विश्वकप फुटबल प्रतियोगिताको बुधबार भव्य उद्घाटन गरिएको छ।
कतारको अल बायत स्टेडियममा आइतबार एक विशेष समारोहबीच प्रतियोगिताको औपचारीक उद्घघाटन गरिएको हो।
विशिष्ट व्यक्तिहरुको उपस्थितिमा प्रतियोगिताको उद्घघाटन गरिएको हो। उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रिम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए।
कतार विश्वकपको उद्घाटन खेलमा भने आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा भइरहेको छ।
मध्येपूर्वी देश कतारमा पहिलो पटक विश्वकप आयोजना भइरहेको छ।
यस विश्वकपमा ८ समूहमा ३२ टिमलाई विभाजन गरि कुल ६४ खेलहरु खेलाइँदै छ। आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल १८ डिसेम्बरमा हुने छ।
Facebook Comments Box