Author: admin
काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ । यो अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाइने छैन । दल, उम्मेदवारलगायतले प्रचारसहित भेला, गोष्ठी गर्न नपाउने आचरण निर्देशिकामा उल्लेख छ । मतदानस्थलको तीन सय मिटर वरपर दल तथा उम्मेदवारले प्रचार सामग्री…
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अकास्मात झापा आएका छन्। सोमबार साँझ उनी झापा आएका हुन्। चुनाव प्रचारको अन्तिम दिन ओलीले मोरङ, झापा र काठमाडौंका ६ वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ। सोमबार साँझ गृहनगर दमकमा आएका ओलीले अहिले विहान ८ बजे मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि झापाको गौरीगञ्ज, दमक, कमल र गौरादह नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ। ओली आजै काठमाडौं फर्केर त्यहाँ आयोजित अर्को कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको बताइएको छ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन्। नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले जनमतको सम्मान गर्ने बताएका हुन्। नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उनको आरोप छ । नेपाललाई मान्छे बेच्ने देश नभइ सामान बेच्ने देश बनाउनको लागि नेपाली काग्रेसको नेतृत्वमा तीनवटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गरे। थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउँदै जसलाई जहाँ भेटिन्छ त्यहाँ गठबन्धन गरेको आरोप लगाए ।
विर्तामोड। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले चुनावमा भोट दिने कुरा आफ्नै हात काटेर दिनुसरह रहेको बताएका छन्। सोमबार झापाको कनकाइमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, हामी मान्छे ५ सयमा बिक्री हुन्छौं, एक छाकमा बिक्री हुन्छौं। अनि कसरी हाम्रो गरिबीको अन्त्य हुन्छ? मेरो अनुरोध छ भोट दिने भन्ने कुरा हात काटेर दिनेजस्तै हो। ध्यान दिनुहोला । चुनावका नाममा मतदातालाई प्रलोभन पार्ने काम हुने गरेको तर्फ इंकित गर्दै लिङदेनले यस्तो बताएका हुन्।
काठमाडौं । निर्वाचन आयोगले सरकारी दैनिक गोरखापत्रले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गरेको छ। उक्त अखबारले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार गोरखापत्रलाई एक स्पष्टीकरण सोध्दै भरतपुर महानगरपालिकामा थुप्रै उम्मेदवार भए पनि सत्तारुढ गठबन्धनकी मेयर पदकी उम्मेदवार रेनु दाहाललाई मात्र पत्रिकामा स्थान दिएको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ। भरतपुरको मेयर पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहाल उम्मेदवार छिन् भने नेपाली कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। एमालेले भरतपुरमा विजय सुवेदीलाई मेयर पदका लागि उम्मेदवार बनाएको छ।
धनगढी। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन्। धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए। ‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ।’ ३० वैशाखमा देशभर स्थानीय तह निर्वाचन हुँदै छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा गठबन्धन…
काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ। गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी बेस स्थापना गरेको हो। सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यही अनुसारको तयारी गरेको हो। यस्तै सेनाले ५१ वटा कारागारको सुरक्षा जिम्मा पनि लिएको छ। कैदीबन्दी ल्याउने लैजाने काममा मात्रै प्रहरी राखेर बाँकी सेना खटाइएको छ। यस्तै रेडियो नेपाल प्रसारण केन्द्र, संसद भवन सहित १७…
काठमाडौं । नेपाल प्रहरीले अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान अनुरोध गरेको छ । स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ता अपरिचित व्यक्तिले दिएको प्रसाद, सगुन खाँदा बेहोस हुने गरेको पाइएको भन्दै सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको हो । चुनावको प्रचार–प्रसारका क्रममा विभिन्न व्यक्तिले दिएको प्रसाद खाँदा नेता र उम्मेदवार बेहोस भएको खबर आइरहँदा प्रहरीले यस्तो आग्रह गरेको हो। आइतबार सर्लाहीको हरिवन नगरपालिका-११ मा चुनावी प्रचारप्रसारका क्रममा गाउँलेले दिएको सगुन खाँदा पाँच उम्मेदवार बिरामी परेका थिए। प्रहरीले आज सार्वजनिक सूचना जारी गरी निर्वाचनको समयमा यस प्रकारका घटनाबाट बच्न र त्यस्तो सूचना प्राप्त भएमा खबर गर्न…
काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन्। उद्योगी व्यवसायी, किसान, श्रमिकलाई पनि सम्बोधन गर्दै ओलीले मत मागे। ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन्। पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसप्रति निकै आक्रामक बनेका ओलीले एमाले नेतृत्वको सरकारका पालामा मुलुकलाई समृद्धिको बाटोतर्फ उन्मुख गराएको दाबी गर्दै स्थानीय चुनावको मुखमा मतदाता फकाउने प्रयास गरेका हुन्। उनले बहुदलीय शासन व्यवस्था स्थापनापछिका…
काठमाडौं । बजेट भाषणको समय नजिकिएसँगै बजेट निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ। आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) बढाउने योजना बनाएको छ। पछिल्लो समय अर्थतन्त्रमा परेको दबाबले पनि बजेटको आकारमा प्रभाव पार्ने अर्थ मन्त्रालयको भनाइ छ । सरकारी कर्मचारीको तलबसँगै आयकरको सीमामा पनि परिमार्जन गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आयकरको सीमा बढाएर एकल व्यक्तिको हकमा ४ लाख र दम्पतीको हकमा ४ लाख ५० हजारसम्मको वार्षिक आयमा आयकर छुट बनाएका थिए। राजस्व परामर्श समितिले पनि आयकरको सीमा बढाउने सुझावसहित प्रतिवेदन तयार गरेको छ। विभिन्न व्यवसायी तथा कर्मचारीहरूसँग भएको छलफलका क्रममा…