झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अकास्मात झापा आएका छन्। सोमबार साँझ उनी झापा आएका हुन्।
चुनाव प्रचारको अन्तिम दिन ओलीले मोरङ, झापा र काठमाडौंका ६ वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ।
सोमबार साँझ गृहनगर दमकमा आएका ओलीले अहिले विहान ८ बजे मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि झापाको गौरीगञ्ज, दमक, कमल र गौरादह नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।
ओली आजै काठमाडौं फर्केर त्यहाँ आयोजित अर्को कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको बताइएको छ।
Facebook Comments Box