Author: admin

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका हुन् । प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् । सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Read More

काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।  हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन…

Read More

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७९/८० को राजश्व तथा व्ययको अनुमान (बजेट) सार्वजनिक गर्दैछ ।  साँझ ६ बजे बस्ने  संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्नेछन् ।  संवैधानिक व्यवस्था अनुसार प्रत्येक जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरिएको छ । सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो  । संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यस्तै अर्थमन्त्री शर्माले संसदमा आर्थिक विधेयक २०७९ पेश गर्ने समेत सम्भावित कार्यसूची रहेको छ । बजेट पेश गर्नुपूर्व सरकारको…

Read More

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त नहुने बताएका हुन्। उनले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको जिकिर गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताए। त्यस्तै उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालकै भएकोमा कुनै दुविधा नरहेको धारणा पनि…

Read More

काठमाडौं । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।  निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।  काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौँमा पहिलोपटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुडीले १३…

Read More

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई विवेकपूर्ण नभएको बताएका छन्। कांग्रेस नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि त्यसकै नमुना भएको आरोप लगाए। उनले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरवलोकन गर्नुपर्नेमा जोड दिए। उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थलबाहेक अन्य हुन नसक्ने जिकिर गरे। उनले निजगढ विमानस्थल बनाएपछि काठमाडौंको एयर ट्राफिकमा भएको समस्या पनि समाधान हुने बताए।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थतन्त्र संकटमा फस्दै गएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलम भाग लिँदै सांसद थापाले सरकारले तत्काल संकटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने बताएका हुन् । अर्थतन्त्रलाई उकास्‍नेगरीको जोखिम बहन गर्न सक्ने क्षमता सरकारसँग हुनुपर्ने थापाको भनाइ छ। ‘मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, संकटमा फस्‍न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्‍यो’, थापाले भने ।

Read More

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्। शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै दाहालले कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन ओलीलाई चुनौती दिएका हुन्। यसअघिका दुवै कार्यकाल माओवादीकै वैशाखी टेकेर प्रधानमन्त्री भएकाे भन्दै दाहालले एक्लै प्रधानमन्त्री भएर देखाए ‌ओलीलाई मान्ने बताए। ‘हाम्रो प्रतिपक्षी दलका नेता जसलाई मैले नै सहयोग गरेर माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो उहाँ। एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनुस्,’ उनले अगाडि भने,‘तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन। पहिलोचोटि पनि तपाईंको भाषामा…

Read More

काठमाडौं । यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको सिफारिस र अर्थ मन्त्रालयले खोजेको स्रोतलाई आधार बनाएर अर्थमन्त्री शर्माले तलब बढाउने निर्णय राजनीतिक रूपबाट गराउने ती अधिकारीले जानकारी दिए। अर्थ मन्त्रालयका अर्का एक अधिकारीका अनुसार कर्मचारीको तलब बढाउन तीन/चारवटा प्रक्रियामा छलफल चलिरहेको छ। गत वर्ष जस्तै सबैलाई एकैनासले तलब बढाउने, एउटै प्रतिशतका दरमा बढाउने वा तल्लोदेखि माथिल्लो तहका कर्मचारीलाई भिन्नभिन्न प्रतिशतका दरले बढाउने भन्ने विषयमा छलफल भइरहेको छ। तलब नबढाएर महँगी भत्ता थप गर्ने कि भन्ने विषयमा पनि छलफल…

Read More