Author: admin
काठमाडौँ ।आज र भोलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हाे । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन…
बुटवल । बुटवलको मिलनचोकमा बुधबार साँझ बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो। घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा माओवादी पार्टीको पर्चा भेटिएको छ। सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए। उक्त क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
काठमाडौं । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ । मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा कपिल श्रेष्ठले जानकारी दिए । कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ ।…
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वरलगायत विभिन्न नाकामा काठमाडौं बाहिर जाने मानिसहरूको संख्या बुधबार बिहानैदेखि बढेको हो। मानिसहरू ठूलो भीड बढेपछि काठमाडौं बाहिर निस्किने नाकाहरूमा बुधबार बिहान ट्राफिक जामको अवस्था थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ । तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ । तस्वीरहरूः
काठमाडौं । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३…
काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानका लागि राति १२ बजेदेखि मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि गए मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ । यो अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाइने छैन । दल, उम्मेदवारलगायतले प्रचारसहित भेला, गोष्ठी गर्न नपाउने आचरण निर्देशिकामा उल्लेख छ । मतदानस्थलको तीन सय मिटर वरपर दल तथा उम्मेदवारले प्रचार सामग्री राख्न…
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने जनाएको छ । आयोगले मंगलबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिएको छ । निर्वाचनमा आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएका छन् । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने दलबाट ३ सय ५५ र स्वतन्त्रबाट ३५ जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । त्यस्तै निर्वाचनमा २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट मतदान गर्न सकिने आयोगले जनाएको छ । आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल…
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार राप्रपाका नेता राम थापा नेपाली कांग्रेसको बुइ चढेको बताएका छन्। मंगलबार झापाको दमकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले थापाले मेयरको टिकट ल्याएपछि कांग्रेसका नेता तथा कार्यकाल जिल्ल परेको बताए। उनले भने, ‘सट्याकसुटुक भएको साँठगाँठबाट राम थापाले मेयरको टिकट ल्याउनु भयो। यता कांग्रेसका कार्यकर्ता जिल्ला परे।’ थापा सत्ता गठबन्धन र राप्रपासम्मिलित गठबन्धनका तर्फबाट दमकको मेयर पदका उम्मेदवार हुन्। दमकमा चुनावी प्रतिष्पर्धामा एमाले एक्लिएको छ। ओलीले आफ्नो गृहनगर दमकका लागि एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीलाई जिताउन मतदातासँग आग्रह गरे। उनले भने, ‘दमकको भलो गर्ने…
नेकपा एमालेका तर्फबाट काठमाडौँ प्रमुखको उम्मेदवार बनेका केशव स्थापितले क्षमा याचना गरेका छन्। काठमाडौँमा आयोजित चुनावी सभामार्फत स्थापितले आफूले बोलेका र गरेका कुराले मतदातालाई बिझेको भन्दै माफी माग्न चाहेको बताए। उनले नगर प्रमुख हुन चाहाने व्यक्तिले आफ्ना गल्तिलाई लिएर माफी माग्न सक्नुपर्ने भन्दै माफि मागेा हुन्। केही समयअघि काठमाडौंको एक कलेजमा आयोजित प्रश्नकर्ता एक युवतीलाई अपशब्द बोलेपछि स्थापित आलोचनाको पात्र बनेका छन्।
काठमाडौं । सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ। गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभाको आयोजना गर्न लागेको हो। ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्यासी छन्। आज सुदूरपश्चिमको डडेल्धुरामा चुनावी सभा हुने कार्यतालिका रहेको छ । त्यहाँको सभालाई प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।