काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वरलगायत विभिन्न नाकामा काठमाडौं बाहिर जाने मानिसहरूको संख्या बुधबार बिहानैदेखि बढेको हो।
मानिसहरू ठूलो भीड बढेपछि काठमाडौं बाहिर निस्किने नाकाहरूमा बुधबार बिहान ट्राफिक जामको अवस्था थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ ।
तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ ।
तस्वीरहरूः







Facebook Comments Box