झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार राप्रपाका नेता राम थापा नेपाली कांग्रेसको बुइ चढेको बताएका छन्।
मंगलबार झापाको दमकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले थापाले मेयरको टिकट ल्याएपछि कांग्रेसका नेता तथा कार्यकाल जिल्ल परेको बताए।
उनले भने, ‘सट्याकसुटुक भएको साँठगाँठबाट राम थापाले मेयरको टिकट ल्याउनु भयो। यता कांग्रेसका कार्यकर्ता जिल्ला परे।’
थापा सत्ता गठबन्धन र राप्रपासम्मिलित गठबन्धनका तर्फबाट दमकको मेयर पदका उम्मेदवार हुन्।
दमकमा चुनावी प्रतिष्पर्धामा एमाले एक्लिएको छ।
ओलीले आफ्नो गृहनगर दमकका लागि एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीलाई जिताउन मतदातासँग आग्रह गरे।
उनले भने, ‘दमकको भलो गर्ने हो भने गीता अधिकारीलाई जिताउनु होस्।’
ओली मंगलबारका लागि तय गरिएको विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न झापा आएका हुन्।