Author: admin
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ। दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शुक्रबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको…
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाएको उनले बताए । देउवालाई भेट्न आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका कांग्रेस नेत्रीहरूसँग त्यस्तो प्रतिबद्धता व्यक्त गरिएकाे हाे। सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा सामाजिक अपराधका घटनाहरुमा न्यायनिरुपण जटिल बन्दै गएको भन्दै उनीहरू प्रधानमन्त्री देउवाकाे ध्यानाकर्षण गर्न पुगेका थिए। देउवाले हदम्याद तत्काल हटाउने प्रतिबद्धता जनाएको सांसद एवं कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् । उनीहरूले लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन गर्न र आगामी वर्षको बजेटमा महिलाको स्वास्थ्यलाई लक्षित गरेर कार्यक्रम र योजनाहरू ल्याउन माग…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर्घातले चुनावमा पराजय व्यहोर्नुपरेको गुनासो गरेका छन्। चुनावी परिणामबारे अहिलेसम्म सार्वजनिक रुपमा खासै प्रतिक्रिया नजनाएका उनले आज संसदीय दलको बैठकमा अन्तर्घातले हारिएको बताएका हुन् । आज प्रतिनिधिसभाको बैठक बस्नुअघि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘धेरै ठाउँमा हामी हाम्रै साथीहरुको अन्तर्घातबाट हारेका छौँ । अब यस विषयमा गम्भीर र बृहतरुपमा छलफल गर्नुपर्ने भएको छ । कहाँबाट सिके, कसरी सिके यो गम्भीर छ ।’ चार वटा महानगरमा उपमेयर जित्न सक्ने एमालेले एउटा पनि मेयर जित्न नसक्नुको मुख्य कारण पार्टीभित्रैको अन्तर्घातको प्रमुख कारण रहेको उनको ठोकुवा छ । ‘काँग्रेस,…
काठमाडौं । विवेशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । मिश्रले एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यका रुपमा रहने बताएका छन् ।
काठमाडौं । स्वतन्त्र उम्मेदवारको जितको अर्को इतिहास रचिएको छ। संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित सुनिश्चित बनेको छ। करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्। चुनाव प्रचारका क्रममा साहलाई ‘अन्तर्राष्ट्रिय ठग’को उपाधिको दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा खुम्चेका छन्। हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत पाएका छन् भने सिंहले ३५ हजार ३७१ मत पाएकी छिन्। तेस्रो स्थानमा रहेका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन्। आफ्नो जित सुनिश्चित भएपछि साहले विजय जुलुस ननिकाल्न भनेका छन्। उनले आफ्नै स्थानबाट धन्यवाद…
झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी –धरमपुर खण्डमा यात्रुबहाक बसको ठक्करबाट एक जना प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे ८ का २६ बर्षिय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ बर्षिय जितुहाङ राई रहेका छन् । आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना प्रहरी जवान र अर्का भर्खरै स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरी हुन् ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ। बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।
सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ।वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट समष्टिगत आर्थिक स्थायित्व कायम गरी तीव्र आर्थिक वृद्धि हासिल गर्नेतर्फ सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम लक्षित गरेको पनि जनाएको छ। आजको कारोबार दैनिकमा समाचार छ…
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ। २०७८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण चालु आव नीति तथा कार्यक्रमविहीन बन्न पुगेको थियो। तस्वीरहरूः
काठमाडौं । राष्ट्रपति भण्डारीद्वारा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइरहेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संंसद पुगेकी हुन् । मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेकी हुन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।