काठमाडौं । स्वतन्त्र उम्मेदवारको जितको अर्को इतिहास रचिएको छ।
संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित सुनिश्चित बनेको छ।
करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्।
चुनाव प्रचारका क्रममा साहलाई ‘अन्तर्राष्ट्रिय ठग’को उपाधिको दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा खुम्चेका छन्।
हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत पाएका छन् भने सिंहले ३५ हजार ३७१ मत पाएकी छिन्। तेस्रो स्थानमा रहेका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन्।
आफ्नो जित सुनिश्चित भएपछि साहले विजय जुलुस ननिकाल्न भनेका छन्। उनले आफ्नै स्थानबाट धन्यवाद र्याली निकाल्न आह्वान गरेका छन्।
Facebook Comments Box