Author: admin
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहसँगै उनको वंश विनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भए पनि उक्त हत्या किन र कस्ले गर्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। उक्त हत्याकाण्ड हालसम्म रहस्मै छ। २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनास हुने गरी हत्याकाण्ड भएको थियो । हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक भएको थियो । तर त्यसलाई अधिकांश नेपालीले पत्याएका छैनन् । पारिवारिक जमघटका बेला भएको…
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्ट रुपमा आएकाले कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री शर्माले बजेटमा उल्लेख कार्यक्रम स्रोत साधन परिचालनको विधि प्रस्ट भएको बताएका हुन् । कृषि उत्पादन, बजारीकरण तथा प्रशोधनमा श्रम गर्नका लागि युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको उनले बताए । उनले सरकारसंग कृषि कार्यक्रम, योगदानमा आधारित किसान पेन्सन जस्ता कार्यक्रमले किसानको सम्मान गर्ने, किसानको मनोबललाई उठाउने उदेश्यका साथ आएको बताए । संघीयतालाई कार्यान्वयन र बलियो बनाउनका लागि बितिय हस्तान्तरणलाई…
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बिहीबार प्रदेश १, मधेस प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रवार प्रदेश १ लगायत देशका पहाडी…
काठमाडौं । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो। हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ। बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ। यसै गरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ। मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ। पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ। पूर्वराजापछि छैटौँ स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ। पूर्व राष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादाक्रममा…
झापा । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को १० महिनामा सबैभन्दा बढी जबरजस्ती करणीका ७२ जाहेरी परेका छन्। ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन्। सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन्। बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन्। पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन्। अधिकांश बलात्कारका घटनामा प्रायः…
काठमाडौं। राप्रपा सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट निर्वाचनकेन्द्रीत मात्र भएको बताएका छन्। आगाीमी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद लिङ्देनले सरकारले निर्वाचनमा जनतालाई प्रभावित पार्ने गरि बजेट ल्याएको बताए। उनले भने,’यो ललिपप जस्तो मात्र देखियो। जनतालाई प्रभावित पार्ने तरिकाले ल्याइएको बजेट हो।’ उनले सरकाले बजेटमा समावेश गरेका कतिपय विषय कार्यान्वयनमा सम्भव नै नभएको बताए। बजाटमा समावेश गरिएको एक घण्टामा चितवन पुग्ने विषयमा समेत लिङदेनले प्रश्न उठाएका छन्। उनले एक घण्टामा चितवन पुग्ने सम्भावना र आधार के छ भनि प्रश्नसमेत गरेका छन्। भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरा बजेटमा कतै पनि उल्लेख नभएको भन्दै उनले त्यसतर्फ ध्यान पुग्न नसकेकोमा…
झापा । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता भएको छ। काठमाडौंबाट उडेको १०/१२ मिनेटमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फिर्ता भएको नागरिक उड्डयन कार्यालय चन्द्रगढी विमानस्थलले जनाएको छ। कार्यालयका प्रवक्ता किशोर खत्रीका अनुसार भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज काठमाडौं फिर्ता भएको हो। काठमाडौं विमानस्थलमा जहाज सकुशल अवतरण भएको छ। जहाजमा देखिएको समस्याका बारेमा जाँच भइरहेको बताइएको छ।
झापा । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका-५ पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन् । गत १३ गते दमक नगरपालिका-६ बाट हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा उनीहरुले चलाई रहेको अवस्थामा फेला पारी दुबै जनालाई मिक्लाजुङ गाउँपालिका-६ शखधर चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले नै झापाका बिभिन्न स्थानहरुबाट चोरी गरेका अन्य ३ थान मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकर्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए। सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन। एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन्। स्थानीयले मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन्। सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन। एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको…
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ। बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…