काठमाडौं। राप्रपा सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट निर्वाचनकेन्द्रीत मात्र भएको बताएका छन्।
आगाीमी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद लिङ्देनले सरकारले निर्वाचनमा जनतालाई प्रभावित पार्ने गरि बजेट ल्याएको बताए।
उनले भने,’यो ललिपप जस्तो मात्र देखियो। जनतालाई प्रभावित पार्ने तरिकाले ल्याइएको बजेट हो।’
उनले सरकाले बजेटमा समावेश गरेका कतिपय विषय कार्यान्वयनमा सम्भव नै नभएको बताए। बजाटमा समावेश गरिएको एक घण्टामा चितवन पुग्ने विषयमा समेत लिङदेनले प्रश्न उठाएका छन्। उनले एक घण्टामा चितवन पुग्ने सम्भावना र आधार के छ भनि प्रश्नसमेत गरेका छन्।
भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरा बजेटमा कतै पनि उल्लेख नभएको भन्दै उनले त्यसतर्फ ध्यान पुग्न नसकेकोमा आपत्ति जनाए।
Facebook Comments Box