Author: admin

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । आइतबार बिहान ५ बजेसम्म साहले कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् । त्यस्तै, मतगणनाका क्रममा लामो समय दोस्रो स्थानमा अग्रता लिइरहेका एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले उछिनेकी छन् । काठमाडौं महानगरमा आइतबार बिहानसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा वालेन्द्र साहले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार…

Read More

काठमाडौं । स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना  सार्वजनिक हुँदा नेपाली काँग्रेस सबै  प्रदेशमा ठूलो दल बन्ने भएको छ  । शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश  १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा  भने ३६ प्रतिशत  स्थानीय तहमा काँग्रेसले जितेको छ । सबै प्रदेशको स्थिति हेर्दा नेकपा (एमाले)  दोस्रो ठूलो दल बन्ने भएको छ  । शनिबार सम्मको घोषणाअनुसार एमालेले गण्डकी  प्रदेशमा  सबैभन्दा बढी ४२…

Read More

झापा । झापाको अर्जुनधारा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली विजयी भएका हुन् । मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यलयले घोषणा गर्न बाँकी रहेको छ। । गोम्देनले काँग्रेसका रञ्जिता कार्की र पराजुलीले काँग्रेसकै दिपेश योञ्जनलाई पराजित गरेका हुन् ।

Read More

काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।  शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको बताइएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि यस्ता जघन्य अपराधमा प्रहरी, सरकारी वकिल र अदालत र संसद्लाई संवेदनशील बनाउन सडकमा आवाज उठ्न थालेको छ ।  

Read More

झापा । प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ । पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन्। उनले ३५ हजार ३ सय ७४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन्। गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९०८३ मत ल्याएकी छन्।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले निरन्तर अग्रता कायम गरिरहेका छन्। लौरो चिह्नबाट स्वतन्त्र उम्मेदवार रहेका साहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरेका छन् । शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

Read More

झापा । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी भएका छन्। उनका प्रतिष्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित भएका हुन्। राईले १२ हजार ४३१ मत ल्याए भने कागतेले १० हजार ५७९ मत प्राप्त गरे। कागते प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा होमिएका थिए। राई यसअघि पनि सूर्योदय नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। यो उनको दोस्रो कार्यकाल हो। मत उपमेयर कांग्रेसका दुर्गाकुमार बरालले ११ हजार ८५४ मत ल्याएर विजयी भएका छन् भने एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत ल्याएका छन्।

Read More

मोरङ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला मेयर पदमा विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याउँदा एमालेका सागर थापाले २१४५५ मत ल्याएका छन्। स्वतन्त्र उमेश यादवले ८ हजार ७९५ मत ल्याए भने राप्रपाका प्रल्हाद साहले ५ हजार २१६ मत ल्याएका छन्। उपमेयरमा एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्र ल्याए।

Read More

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ १० गते पेश हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले १० गते सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकी हुन्। भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेर नीति तथा कार्यक्रम पेश गर्ने छिन्। संसद सचिवालयल जेठ १० गते दिउँसो ४ बजे राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम पेश हुने कार्यक्रम रहेको जनाएको छ।

Read More