झापा । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी भएका छन्।
उनका प्रतिष्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित भएका हुन्।
राईले १२ हजार ४३१ मत ल्याए भने कागतेले १० हजार ५७९ मत प्राप्त गरे।
कागते प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा होमिएका थिए।
राई यसअघि पनि सूर्योदय नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। यो उनको दोस्रो कार्यकाल हो।
मत उपमेयर कांग्रेसका दुर्गाकुमार बरालले ११ हजार ८५४ मत ल्याएर विजयी भएका छन् भने एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत ल्याएका छन्।
Facebook Comments Box