Author: admin
बिराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको छ । बजेटको अनुमानित स्रोत प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको पूर्व अभ्यास गरिएको छ । सो क्रममा विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहाँ रहेका यात्रुलाई सकुशल उद्धार गर्ने प्रयास गरेको थियो । आपत्कालीन अवस्थामा आउने सबै कामका लागि आफ्नो संयन्त्र तयारी अवस्थामा रहेको सन्देश दिन उक्त अभ्यास गरिएको विमानस्थलले जनाएको छ । पूर्व अभ्यासका क्रमका काल्पनीक रुपमा बिमान दुर्घटना र उद्दार लगाएतको डेमो गरिएको थियो । सो क्रममा तत्कालै दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेर घाइतेहरुको उद्दार समेत गरिएको थियो । उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन भएका थिए । पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले दुर्घटनाको पूर्वतयारी र…
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्। आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए। ज्ञवालीलगत्तै बोलेका कांग्रेस सांसद थापाले पनि एसपिपीबारे प्रधानमन्त्रीले आजै संसदमा जवाफ दिनुपर्ने बताएका हुन्। ‘आजै यो बैठकमा आएर प्रधानमन्त्री आफैंले यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्छ,’ थापाले भने, ‘अमेरिका के चाहन्छ उसको कुरा भयो। तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ।’
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकार परराष्ट्र सम्बन्धको व्यवस्थापनमा नराम्ररी चुकेको बताएका छन् । अमेरिकी सेनासँग स्टेट पार्टरसिप प्रोग्राम (एसपीपी) सहकार्यको तयारीमा पुगेको भन्दै वर्तमान सरकारले नेपालको परराष्ट्र सम्बन्धमा सन्तुलन गुमाएको बताए । “सभामुख महोदय, मैले परराष्ट्र सम्बन्धका विषयमा यसअघि नै प्रश्न उठाएको थिएँ । त्यसयता सरकारको परराष्ट्र सम्बन्धलाई लिएर सदनमा लगातार प्रश्न उठिरहेका छन् । हिजो अमेरिकासँग स्टेट पार्टरसिप प्रोग्रामका विषयमा केही ड्राफ्ट सार्वजनिक भएको छ,” ज्ञवालीले बुधबार प्रतिनिधिसभा बैठकमा भने, “कम्तीमा पनि यो सरकार यो हदसम्म पुग्छ भन्ने कसैले पनि अनुमान गरेको थिएन ।” उनले सरकारले गर्न खोजेका सम्झौतालाई उदाहरण दिएर प्रस्ट्याउने…
काठमाडौं । प्रदेश १ ले आज आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दैछ। गत सालको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। २० प्रतिशतले बजेटको आकार बढ्दा आगामी आर्थिक बर्षको बजेट ३८ अर्ब भन्दा माथिको हुने करिब पक्का भएको छ। गत सालको प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोडको थियो। आज दिउँसो २ बजे बस्ने प्रदेशशभाको बैठकमा आर्थिक मामिला मन्त्री इन्द्र आङवोले बजेट पेश गर्नेछन्।
काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन् । राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेस गर्ने निकट स्रोतको दाबी छ। सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए। राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिदै निकट एक नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए । तर, राप्रपाले दुई अध्यक्ष वा सहअध्यक्ष दुबै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै…
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् । आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै हिजो संसद् अवरोध गरेको थियो । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ । मन्त्री शर्माले भने करका…
काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले ओमानलाई सहजै पराजित गरेको छ। अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो। ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो। ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। ओमानले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र १६३ रन बनाउन सक्यो। एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा गर्याे। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६…
काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर पहिलो सातासम्म संघीय र प्रादेशिक निर्वाचन गर्ने गरी तयारी सुरु गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न संघीय र प्रादेशिक निर्वाचन आगामी मंसिर पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी सुरु गरिएको जानकारी दिए। आयोगको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरिएको पनि बताए। आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको प्रवक्ता पौडेलको भनाइ थियो। ‘आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा नै छ। एकै चरणमा निर्वाचन गर्दा मंसिरको…
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले असार १ गते बुधबारबाट मतदाता नामावली संकलन सुरु गर्ने जनाएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले बुधबारबाट मतदाता नामावली संकलन गरिने र योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरे । उनले पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै…