काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर पहिलो सातासम्म संघीय र प्रादेशिक निर्वाचन गर्ने गरी तयारी सुरु गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न संघीय र प्रादेशिक निर्वाचन आगामी मंसिर पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी सुरु गरिएको जानकारी दिए।
आयोगको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरिएको पनि बताए।
आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको प्रवक्ता पौडेलको भनाइ थियो।
‘आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा नै छ। एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी गरेको छ,’ उनले भने, ‘यस सम्बन्धमा सरकारलाई निर्वाचन कानुनबमोजिम आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले परामर्श गरिरहेका छौँ।’