Author: admin
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभई आन्तरिक उडानका लागि अब अनुमति नदिने भएको छ। तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इनरुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो। मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिए।
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याएका शबहरु त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शबहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको माथि सैद्धान्तिक छलफलमा भाग लिँदै पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि बनेको सरकारले जस्तै आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताए। उनले बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए । नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख रहेको उनको भनाइ छ । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको बताए ।
काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै काठमाडौंको चावाहीलमा विरोध प्रदर्शन गरिएको छ । बौद्ध भिक्षु समेत रहेका फुर्वा लामालाई फसाउने चलचित्र ‘कबड्डी–४’ की नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित एक समूहले काठमाडौंको चावाहीलस्थीत केएल टावर अगाडि प्रदर्शन गरेका हुन् । चलचित्रको प्रचारका लागि गएका बेला आफुमाथि अभद्र व्यवहार गरेको भन्दै नायिका मगरले लामालाई पक्राउ गराएकी थिइन् । प्रदर्शनका क्रममा उनीहरुले कबड्डी–४ पोष्टर जलाएका थिए । यसैबीच लामालाई मंगलबार धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि हवाइ उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो । पोखरामा हुने बिहानका उडानहरु हाललाई स्थगित गरिएको सुबेदीले जानकारी दिए । क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भइरहेको छ । विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट आगामी चुनावमा मत माग्न लागि भएको निष्कर्ष निकालेको छ। संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकि चूनावमूखी र मत माग्ने हिसावले बजेट ल्याएको निष्कर्ष निकालेको हो । सरकारले २५ बर्षको पुरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने गरि सरकारले बजेट ल्याएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले बताए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसावले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्न लिएर…
काठमाडौं । तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्यो । परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्यौली थलो तिनमाने गाउँ शोकमा डुबेको छ । अध्ययनका क्रममा अमेरिकामा बस्ने गरेका श्रेष्ठका दुवै छोरी रोजिना र रबिना नेपाल आएका बेला मुक्तिनाथ दर्शन गर्ने क्रममा दुर्घटनामा परेका हुन् । श्रेष्ठका एक्ला छोरा रोशन श्रेष्ठ अध्ययनका क्रममा अमेरिकामा टुुहुरो बनेका छन् । सो दुर्घटनामा परी ज्यान गुमाउन पुगेका जहाजका सहचालक उत्सव पोखरेलको गाउँ रुकुमको चौरजहारीमा पोखरेललाई…
काठमाडौँ । आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले प्रदेश नं एक, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन…
काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा भएका अन्तरघातका सम्बन्धमा छलफल भएको छ। सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले निर्वाचनमा तालमेल गर्ने भनिएका ठाउँमा झेल भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरुले तालमेललाई लिएर कांग्रेसका नेता कार्यकर्ता इमानदार नबनेको समेत बताए। जवाफमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभिन्नताले गठबन्धनमा समस्या भएको भन्दै त्यसलाई समाधान गरेर अघि बढ्ने बताए । यस्तै बैठकमा ७७ वटै जिल्लाका जिल्ला समन्वय समिति गठन र कार्यपालिका सदस्य चयनमा गठबन्धन कायम गरेर अघि बढ्न गठबन्धनसम्बद्ध दलका कमिटीलाई निर्देशन दिने निर्णयसमेत गरेको छ। बैठकमा सहभागि कांग्रेस नेता रामचन्द्र पौडैलका अनुसार स्थानीय…
हेटौंडा । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन् । उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताए । ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उनले भने, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ ।’ अहिले चुनिएका…