काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा भएका अन्तरघातका सम्बन्धमा छलफल भएको छ।
सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले निर्वाचनमा तालमेल गर्ने भनिएका ठाउँमा झेल भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरुले तालमेललाई लिएर कांग्रेसका नेता कार्यकर्ता इमानदार नबनेको समेत बताए।
जवाफमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभिन्नताले गठबन्धनमा समस्या भएको भन्दै त्यसलाई समाधान गरेर अघि बढ्ने बताए ।
यस्तै बैठकमा ७७ वटै जिल्लाका जिल्ला समन्वय समिति गठन र कार्यपालिका सदस्य चयनमा गठबन्धन कायम गरेर अघि बढ्न गठबन्धनसम्बद्ध दलका कमिटीलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।
बैठकमा सहभागि कांग्रेस नेता रामचन्द्र पौडैलका अनुसार स्थानीय तह निर्वाचनमा देखिएका समस्या नदोहोर्याउने बरु बाँकी रहेका सबै कमिटी निर्माणमा गठबन्धन एकताबद्ध भएर अघि बढ्ने सहमतिसमेत भएको छ।