काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको माथि सैद्धान्तिक छलफलमा भाग लिँदै पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि बनेको सरकारले जस्तै आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताए।
उनले बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए । नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख रहेको उनको भनाइ छ ।
उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको बताए ।
Facebook Comments Box