Author: admin

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची बनेको संसदको सचिवालयले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नेछन् । आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्नेछन् । यस्तै ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन)…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

Read More

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने पाँच जनालाई पक्राउ गरेको छ । व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो । उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्री गरेको अनुसन्धानबाट खुलेको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले जानकारी दिए । जग्गा बिक्री गर्ने क्रममा शान्तादेवी नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाइएको र…

Read More

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध प्रतिनिधिसभामा उजुरी परेको छ । प्रतिनिधिसभाको आचारण अनुगमन समितिमा प्रतिनिधिसभा सदस्यको आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी परेको हो । उजुरीमा आलेको अडिओको वास्तविकताबारे प्रयोगशाला परीक्षण गरी आवश्यक कारबाहीको माग गरिएको छ । अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराई तथा कानूनकी विद्यार्थी रेजिना पौड्यालले आज दर्ता गराएको उजुरीमा मन्त्रीले आफ्नै कार्यकक्षमा प्रयोग गरेको अपशब्दले भाषा र संस्कृतिमाथि ठूलो चोट पुर्‍याउनुका साथै सामाजिक सुव्यवस्था तथा मर्यादामाथि निर्लज्ज प्रहार भएको उल्लेख गरिएको छ । मन्त्री आलेले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीमाथि आफूले भनेको व्यक्तिलाई जागिर नदिएको रिसमा अश्लिल शब्दसहित गाली गरेको अडियो असार ३ गते सार्वजनिक…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताएका छन् । आइतबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको सम्पादहरूसँगको संवादमा उनले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले अहिलेको गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताएका हुन् । उनले गठबन्धनकै कारण पोखरा महागर र हेटौँडा उपमहानगर जित्न सफल भएको पनि बताए । मतपत्र बदर नभएको भए काठमाडौं महानगर, तुलसीपुर र इटहरी उपमहानगरको उपमेयर जित्न सक्ने अवस्था रहेको उनको भनाइ थियो । यद्यपी उनले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न पार्टीका नेता–कार्यकतालाई सुझाव दिँदै आफ्नौ खुट्टामा उभिनुपर्नेमा जोड…

Read More

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित भएका छन्। प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्। उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन्। आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको बताइन्।

Read More

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले  मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको  ‘सुनको लौरो’ बारे अनुसन्धान शुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले  राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए।  उनले भने, “उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।”  भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेक-जाँचमा…

Read More

झापा । भुटानी शरणार्थीको स्वास्थ्य सेवाका लागि जीवन समर्पित गरेका वरिष्ठ शल्य चिकित्सक डा. भम्पा राईको निधन भएको छ। ७२ बर्षको उमेरमा उनको निधन भएको हो। लामो समय उनी विभिन्न रोगले ग्रसित थिए। उनी परिवारका सदस्य सबैको मृत्यु भएपछि झापाको दमकमा एक्लै बस्दै आएका थिए। उनीमा रगतको कमी हुने मूल समस्या थियो। उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा उनको निधन भएको बताइएको छ। अवस्था जटिल बन्दै गएपछि दमकको लाइफलाइन अस्पतालबाट उनलाई बिराटनगर रेफर गरिएको थियो। भुटानले नेपालीभाषी भुटानीलाई देश निकाला गरेपछि उनी पनि उनीहरूसंगै नेपाल आएका थिए। जीवनभर उनले शरणार्थी निशूल्क उपचार गर्दै आएका थिए।

Read More

काठमाडौं। प्रियंका रानी जोशी सन् २०२२ को मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले टाटा टियागो मिस डिलाइटको उपाधि पनि जित्न सफल भएकी छन्।

Read More

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् । त्यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् । त्यस्तै अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट…

Read More