काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध प्रतिनिधिसभामा उजुरी परेको छ ।
प्रतिनिधिसभाको आचारण अनुगमन समितिमा प्रतिनिधिसभा सदस्यको आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी परेको हो । उजुरीमा आलेको अडिओको वास्तविकताबारे प्रयोगशाला परीक्षण गरी आवश्यक कारबाहीको माग गरिएको छ ।
अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराई तथा कानूनकी विद्यार्थी रेजिना पौड्यालले आज दर्ता गराएको उजुरीमा मन्त्रीले आफ्नै कार्यकक्षमा प्रयोग गरेको अपशब्दले भाषा र संस्कृतिमाथि ठूलो चोट पुर्याउनुका साथै सामाजिक सुव्यवस्था तथा मर्यादामाथि निर्लज्ज प्रहार भएको उल्लेख गरिएको छ ।
मन्त्री आलेले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीमाथि आफूले भनेको व्यक्तिलाई जागिर नदिएको रिसमा अश्लिल शब्दसहित गाली गरेको अडियो असार ३ गते सार्वजनिक भएको थियो ।
Facebook Comments Box