काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।
आइतबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको सम्पादहरूसँगको संवादमा उनले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले अहिलेको गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताएका हुन् । उनले गठबन्धनकै कारण पोखरा महागर र हेटौँडा उपमहानगर जित्न सफल भएको पनि बताए ।
मतपत्र बदर नभएको भए काठमाडौं महानगर, तुलसीपुर र इटहरी उपमहानगरको उपमेयर जित्न सक्ने अवस्था रहेको उनको भनाइ थियो । यद्यपी उनले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न पार्टीका नेता–कार्यकतालाई सुझाव दिँदै आफ्नौ खुट्टामा उभिनुपर्नेमा जोड दिए ।
Facebook Comments Box