Author: admin
काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय कार्यालयकाे बैठक आज बस्दैछ । सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि बैठक बस्न लागेकाे एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमालेले भाेलि बस्नेगरी सचिवालय बैठक बाेलाएकाे छ । बैठकमा संघ र प्रदेशकाे चुनावको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।
झापा । झापाको बुद्धशान्ति -५ आयाबारीमा एउटा दँतार हात्ती मृत भेटिएको छ। स्थानीयबासी मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती के कारणले मर्यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ। हात्ती मृत भेटिएको स्थान अहिले बनका कर्मचारी तथा प्रहरीको सुरक्षा घेरामा छ।
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन। पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो। अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ। यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्याएको छ। मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट थिए। पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गरेका छन्। उनले यादवको एकल निर्णय भएको र त्यसलाई नमान्न आग्रह गरेका थिए।…
काठमाडौं। बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौं। स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ । तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुवाले यस्तो स्वतन्त्रताको बहस निर्दलीय निरर्थक रहेको बताए । उनीहरूले यस्तो गतिविधिले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने पनि बताए । उनीहरूले लोकतान्त्रिक व्यवस्थाकै कारण यस्ता गतिविधि र बहस गर्न पाएको पनि बताए । प्राडा मीना वैद्य मल्ल, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र लेखक÷पत्रकार किशोर नेपालले लोकतन्त्र र सङ्घीयतालाई गतिशील बनाउन राजनीतिक दलहरू…
काठमाडौं। जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषदको छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाई गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण र बलात्कार पीडितलाई नै सजाय सुनाउने न्यायाधीशसम्म छन् । सबुद प्रमाण बलियो हुँदाहुँदै स्वविवेकी अधिकार प्रयोग गर्दै पीडितलाई अन्याय हुनेगरी फैसला गर्ने न्यायाधीश छानबिनका लागि तानिएका छन् । विवादमा तानिने न्यायाधीशमा व्यवसायी इच्छाराज तामाङको मुद्दामा २ करोड ‘अडियो डिल’ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला, काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौला, रामेछाप जिल्ला अदालतका तत्कालीन न्यायाधीश बद्रीप्रसाद वली, न्यायाधीश सूर्यकुमार अधिकारी र नवीन जोशी छन् । उनीहरूमाथि न्यायपरिषदले सूक्ष्म…
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असार २७ गते पार्टी कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाइएको बताए। उनले स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन्।
काठमाडौँ- सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । “मन्त्रिपरिषद्को मिति २०७७/०४/०५ को निर्णयबमोजिम ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लागू गरिएकामा सो मापदण्डसमेत पूर्णरूपमा लागू भइनसकेका अवस्थामा छ”, आदेशमा भनिएको छ, “सो मापदण्डमा नेपाल सरकारले मिति २०७९/०२/०६ मा पहिलो संशोधन गरी साविक मापदण्ड संशोधन गरी अदालत राजमार्ग, खोला वा नदी किनार, राष्ट्रको…
काठमाडौं । नेपाली काँग्रेसमा डा. शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको हो । बैठकपछि बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताए । उनले कस्तो खालको विद्रोहको गर्ने र आगामी कदम के हुने भन्ने बारेमा शुक्रबारको बैठकले टुंगो लगाउने बताए । यस्तै बैठकले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको निष्कर्ष निकालेको छ । बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढेको निकालेको हो । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि…
झापा । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधवार राति सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१२ प १४५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक दमक नगरपालिका-९ का ३८ बर्षीय दिपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।