काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय कार्यालयकाे बैठक आज बस्दैछ ।
सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि बैठक बस्न लागेकाे एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
एमालेले भाेलि बस्नेगरी सचिवालय बैठक बाेलाएकाे छ । बैठकमा संघ र प्रदेशकाे चुनावको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।
Facebook Comments Box