काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असार २७ गते पार्टी कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाइएको बताए।
उनले स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन्।
Facebook Comments Box