Author: admin
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतद्वारा निषेध गरिनु दुःखद भएको बताएका छन्। बिहीबार उक्त विमानस्थल निर्माणको काममाथि सर्वोच्च अदालतले प्रतिवन्ध लगाएको थियो। सामाजिक सञ्जालमा लेख्दै राप्रपा अध्यक्ष लिङ्देनले भनेका छन्, ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ। एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ।’
काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौं । २०४८ सालमा दुई अन्तर्राष्ट्रिय विमान दुर्घटना भएर ठूलो मानवीय क्षति भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उपत्यकाबाहिर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक रहेको भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिए। देशका आठ स्थानमा गरिएको सम्भाव्यता अध्ययनले बारा र दाङलाई प्राथमिकतामा राख्यो। तर, राजधानीबाट टाढा पर्ने र यातायातको पूर्वाधार पनि नभएकाले दाङभन्दा बारा नै उपयुक्त रहेको निष्कर्ष निकालियो। नेपाल इन्जिनियरिङ कन्सलटेन्सी सर्भिसेसले २०५१ मा सम्भाव्यता अध्ययन गर्दै भौगोलिक हिसाबले बारालाई उपयुक्त देखायो। २०६८ सालमा गरिएको विस्तृत सम्भाव्यता अध्ययनले पनि अन्य विकल्प नरहेको पुष्टि गर्यो। कोरियन कम्पनी ल्यान्डमार्क वल्र्डवाइडले गरेको सम्भाव्यता अध्ययनले पनि बारा नै उपयुक्त रहेको देखायो। प्रतिवेदनले करिब ७ खर्ब लागत अनुमान…
काठमाडौं महानगरपालिकाका नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन्। काठमाडौंका सबै वडाको मतगणना सकिएसँगै साह मेयर निर्वाचित भएका हुन्। साहले ६१ हजार ७६७ मतसहित विजयी हुँदा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्। आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्। उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाइन। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उठेका थिए। उनले २३ हजार ८०६ मत पाए।
काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा। कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याइदिएको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार कोइरालाले पूरा २० वर्ष नै जेल बस्नुपर्नेछ । उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् । दुई वर्षअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासको कोइरालाको कैद मिनाहा गरेको थियो ।
काठमाडौं। सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ। सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण कार्य रोक्न भन्दै फैसला सुनाएको हो। बिहीबार न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले वातावरणीय दृष्टिकोणबाट उक्त फैसला सुनाएको हो। रुख कटान गर्ने विषयमा सुरू भएको विवाद संसदीय समिति हुँदै सर्वोच्च अदालत प्रवेश भएको थियो। संघीय संसद्का विभिन्न समितिहरुले स्थगलत अध्ययनपछि रुख कटान कार्य लगायत अन्य विषयमा विभिन्न निर्देशन दिएको थियो। समितिमा यसरी छलफल र निर्देशनको कार्य चलिरहँदा यो विवाद २०७६ मंसिर १७ गते सर्वोच्चमा प्रवेश भएको थियो। पूर्वसचिव द्वारिकानाथ ढुंगेल, रञ्जुहजुर पाँडे…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजदेखि दुवै सदनमा छलफल प्रारम्भ भएको छ । छलफल दुई दिनसम्म जारी रहने छ। कुल ६५ पृष्ठमा १४५ बुँदामा आएको नीति तथा कार्यक्रममा तीनै तहका सरकारको समन्वय र सहकार्यमा आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ भने वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गरिने तथा कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाइ आर्थिक पुनरुत्थानका विशेष कार्यक्रममार्फत उत्थानसशील अर्थतन्त्र निर्माण गरिने कुरा समावेश गरिएको छ । उक्त नीति तथा कार्यक्रममाथि विभिन्न दलका दुवै सदनका…
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिन लागेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले पेट्रोलियम पदार्थको कारोबार गर्ने इजाजत निजी क्षेत्रलाई दिन लागिएको भन्दै आपत्ति जनाएका हुन् । “कति प्रतिशत राज्यले राख्ने, कति प्रतिशत दिने भनेर हिसाब नगरी सम्पूर्ण अधिकार निजी क्षेत्रमा हस्तान्तरण गर्ने काम भइरहेको छ,” उनले भने, “वित्तीय रूपमा यति बोजिलो किन भयो, यति नाफा हुने संस्था ? सार्वजनिक संस्थानको व्यवस्थापन सुधार गर्ने कुरा पनि भनिएको मात्र हो ।” नेपाल आयल निगम कसरी एकापसमा गाभिन्छ भन्दै…
धरान । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए । यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आफू धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् । मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् । धरानमा पानीको हाहाकार भएकाले…
काठमाडौँ । संसद्मा आजदेखि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची छ । बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि संसद्मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ। सरकारको तर्फबाट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।