काठमाडौं महानगरपालिकाका नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन्।
काठमाडौंका सबै वडाको मतगणना सकिएसँगै साह मेयर निर्वाचित भएका हुन्।
साहले ६१ हजार ७६७ मतसहित विजयी हुँदा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याएकी छन्।
एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्। आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।
उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाइन।
उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उठेका थिए। उनले २३ हजार ८०६ मत पाए।
Facebook Comments Box