झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतद्वारा निषेध गरिनु दुःखद भएको बताएका छन्।
बिहीबार उक्त विमानस्थल निर्माणको काममाथि सर्वोच्च अदालतले प्रतिवन्ध लगाएको थियो।
सामाजिक सञ्जालमा लेख्दै राप्रपा अध्यक्ष लिङ्देनले भनेका छन्, ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ। एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ।’
Facebook Comments Box